२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन, रुस र क्युबा राष्ट्रसंघीय मानव अधिकार परिषदमा निर्वाचित

२८ आश्विन २०७७, बुधबार ०८:२२

असोज २८, संयुक्त राष्ट्रसंघ (रासस–एपी)। संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय मानव अधिकार परिषदको सदस्यमा मंगलबार चीन, रुस र क्युबा विजयी भएका छन् । मानव अधिकारका क्षेत्रमा सक्रिय केही समूहले विरोध गरे पनि यी मुलुक विजयी भएका हुन् । मानव अधिकारको स्थिति कमजोर रहेको आरोप खेप्दै आएको अर्को मुलुक साउदी अरेबिया भने पराजित भएको छ । 

आयोगका लागि रुस र क्युवाको दौड निर्विरोध थियो, तर चीन र साउदी अरेबिया प्रतिस्पर्धामा थिए । राष्ट्रसंघ महासभाका कूल १९३ सदस्यले गोप्य मतदानमा भाग लिएका थिए जसमा पाकिस्तानले १६९, उज्बेकिस्तानले १६४, नेपालले १५०, चीनले १३९ तथा साउदी अरेबियाले ९० मत प्राप्त गरेका थिए । सन् २०१६ मा साउदी अरेबियाले १५२ मत प्राप्त गरेको थियो । 

साउदी अरेबियाले मानव अधिकारका क्षेत्रमा सुधार ल्याउने योजना सार्वजनिक गरे पनि ह्युमन राइट्स वाच र अरू संस्थाले साउदीको उम्मेद्वारीमाथि विरोध गरेका थिए । मध्यपूर्वका देशहरुले मानव अधिकार रक्षक, असन्तुष्ट र महिला अधिकारकर्मीलाई लक्षित गरिरहेको आरोप छ । अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार जमाल खशोग्जीको हत्यालगायत विगतका कैयौं घटनामा राज्यको संलग्नता रहेको आरोप पनि साउदी सरकारमाथि छ । 

मानव अधिकार परिषद्को नियम अन्तर्गत भौगोलिक प्रतिनिधित्व सुनिश्चित गर्न क्षेत्रहरूलाई सीटहरू छुट्याइएको छ । एशिया–प्रशान्त प्रतिस्पर्धा बाहेक ४७ सदस्यीय मानव अधिकार परिषदमा १५ सदस्य यसअघि नै छनौट भइसकेका छन् । अफ्रिकाबाट चार वटा देश विजयी भइसकेका छन्ः आइभरी कोस्ट, मलावी, गेबोन र सेनेगल । रुस र युक्रेनले पूर्वी युरोपेली मुलुकबाट प्रतिनिधित्व गर्नेछन् । ल्याटिन अमेरिकी र क्यारेबियन समूहमा मेक्सिको, क्युबा र बोलिभियाले तीन खुला सिट जितेका थिए । बेलायत र फ्रान्स भने पश्चिमी युरोपका लागि छुट्याइएको दुई स्थानमा छनौट भइसकेका छन् । 

गत हप्ता युरोप, संयुक्तराज्य अमेरिका र क्यानडाका मानवअधिकार समूहहरूको गठबन्धनले चीन, रुस, साउदी अरेबिया, क्युबा, पाकिस्तान र उज्बेकिस्तानलाई परास्त गर्न आह्वान गरेका थिए । उनीहरुको भनाईमा ती देशको मानव अधिकारको रेकर्ड कमजोर रहेको थियो । 

जिनेभास्थित मानव अधिकार परिषद्ले मानव अधिकारको दुरुपयोगका बारेमा अध्ययन, अनुगमन र विश्लेषणका साथै सदस्य राष्ट्रमा नियमित रुपमा मानव अधिकारको स्थितिको समीक्षा गर्दछ । सन् २००६ मा स्थापित परिषदले त्यसअघिको आयोग झैं आलोचना खेप्नु परेको छ । खासगरी आफ्ना कमीकमजोरी ढाकछोप गर्न सदस्य राष्ट्रहरु परिषदको सदस्य बन्न थालेपछि विवाद उत्पन्न भएको छ । 

संयुक्तराज्य अमेरिकाले सन् २०१८ जुनमा परिषदबाट फिर्ता हुने घोषणा गरेको थियो । परिषदले मानव अधिकारको संरक्षणमा पर्याप्त कार्य गर्न नसकेको तथा परिषदको भूमिका इजरायल विरोधी रहेको अमेरिकी आरोप छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल