२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण विश्वभरी ११ लाख तीन हजारको मृत्यु

३० आश्विन २०७७, शुक्रबार ०९:०७

असोज ३०, पेरिस (रासस/एपी)।  महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ । 

कुल सङ्क्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ । विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् । अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना सङ्क्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ । सङ्क्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिदै विश्वका २१६ देशमा पुगिसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का