२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महामारीको समयमा पनि चीनमा अधिक धनी व्यक्तिलाई १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन

२०७७, ४ कार्तिक मंगलवार ०८:४९

कात्तिक  ४, बेइजिङ(रासस/एएफपी)। चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ ।  उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो । 

ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाड्यलाई थप धन आर्जनको अवसर मिलेको उक्त अनुसन्धानले देखाएको छ । 

अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अरबपतिहरूको समूहमा थप २५७ व्यक्ति सामेल भएका हुरुन रिपोर्टले देखाएको छ । 

उक्त अध्ययनले चीनमा हाल ८७८ व्यक्तिल अतिधनाड्य अर्बपतिको सूचीमा रहेका छन् । सन् २०२० को सुरु अर्थात् फेब्रुअरीमा अमेरिकामा ६२६ व्यक्ति अर्बपतिको सूचीमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिहरूको समूहमा अमेरिका नै अग्रस्थानमा रहेको थियो । 

चीनमा यो वर्षको अगस्टसम्ममा दुई हजारभन्दा बढी अर्बपति थपिएका छन् । उनीहरूसँग दुई अर्ब चिनियाँ युआन अर्थात् ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । समग्रमा उनीहरूले चार ट्रिलियन अमेरिकी डलर मुनाफा कमाएका थिए । 

प्रसिद्ध चिनियाँ ई–कमर्स सेवा अलिबाबाका संस्थापक ज्याक माले यो वर्ष करिब ४५ प्रतिशत बढी सम्पत्ति आर्जन गरेका प्रक्षेपण गरिएको छ । यो अनलाइन व्यापार कम्पनीका मालिक ज्याकले यो वर्षमा अनलाइन व्यापारबाट मात्रै ५८.८ अर्ब सम्पत्ति जोडेका उल्लेख गरिएको छ ।

अनलाइन भिडियो खेलका मालिक पोनी मा  तथा विच्याटका मालिक टेन्सेन्टलेले अमेरिकी प्रतिबन्धको चेतावनीका बीच पनि थप ५० प्रतिशत अर्थात् ५७.४ अर्ब अमेरिकी डलर आर्जन गर्दै ज्याक मालाई पछ्याएको सूचीमा उल्लेख गरिएको छ ।

चिनियाँ बोतलको ‘ब्रान्डेड पानी’ नोङ्फुका संस्थापक ६६ वर्षीय झोङ साङसानले ५३.७ अर्ब अमेरिकी डलर अर्थोपार्जन गरी चिनियाँ अतिधनाड्य सूचीमा तेस्रो स्थानमा पर्न सफल हुनुभएको छ ।

“विश्वले यति धेरै सम्पत्ति केवल एक बर्षमा आर्जन गरेको देखेको छैन,” हुरुन रिपोर्टका प्रमुख अनुसन्धानकर्ता रुपर्ट हूगेवर्फले एक विज्ञप्तिमार्फत् उल्लेख गर्नुभयो । यस बर्षको सूचीले चीन निर्माण र घर जग्गाजस्ता ‘परम्परागत क्षेत्रहरू’बाट नयाँ अर्थतन्त्रतर्फ गइरहेको देखिएको उहाँले बताउनुभयो । 

खाद्य सामग्री वितरण सेवा मेतुआनका संस्थापक वाङ सिंगले आफ्नो सम्पत्ति चार गुणा बढाएर २५ अर्ब डलरको साथ सूचीमा ५२ औं स्थानबाट १३ औं स्थानमा पुग्नुभएको छ भने अनलाइन शपिंग सञ्जाल जेडी डटकमका संस्थापक रिचार्ड लियुले आफ्नो पैसाको दोब्बर २३।५ अर्ब डलर कमाउन सफल भएको देखिन्छ ।

यसरी हेर्दा विश्व महामारीबाट आक्रान्त बनिरहेका समय पनि चिनियाँ ठूला व्यवसायीहरूले आफ्नो व्यवसायबाट व्यक्तिगत समृद्धिको यात्रामा निरन्तर लाभ लिएको देखिन्छ । माथि उल्लेखित कम्पनी तथा व्यवसायीबाहेक चीनमा खास गरी कोभिड–१९ विरुद्धको खोप उत्पादनमा काम गरिरहेका औषधि तथा चिकित्सकीय सामग्री उत्पादन कम्पनीहरूले पनि उल्लेख्य लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले संक्रमण नियन्त्रणमा रहेको देखिएपछि यसबर्ष अर्थव्यवस्था विस्तार हुने एक मात्र प्रमुख मुलुक चीन बन्ने बाटोमा रहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो