२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध फेरि अर्को मुद्दा

७ कार्तिक २०७७, शुक्रबार ११:३७

कातिक ७, इस्लामावाद (रासस/पिटिआई) | पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ । 

भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उहाँका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

प्रधानमन्त्री इमरान खानले भ्रष्टाचार सम्बन्धी अरु घटना सार्वजनिक हुन लागेको अभिव्यक्ति दिएको केही दिनपछि यस्तो समाचार आएको हो ।

पूर्व प्रधानमन्त्री ७० बर्षीय नवाज सरिफ पाकिस्तान मुस्लीम लिग (नवाज)को तर्फबाट प्रधानमन्त्री भएकै बेला यसअघि सन् २०१७ बाट सर्वोच्च अदालतको आदेशमा अपदस्त हुनुभएको हो । 

अदालतले उहाँले ठूलो अनियमितता गरेको ठहर गर्दै उहाँलाई पदमा बसिरहन नमिल्ने ठहर गरेपछि अपदस्त गरिएको थियो ।

त्यसदेखि नियन्त्रणमा रहनु भएका नवाज गम्भीर अवस्थामा अस्वस्थ भएकाले केही महिना अगाडि उपचारका लागि बेलायतको राजधानी लण्डनमा रहनु भएको छ । यसअघि उहाँकी श्रीमतीको पनि उपचारकै क्रममा बेलायतमै निधन भएको थियो । 

राष्ट्रिय उत्तरदायी विभागले नवाजसँगै उहाँका पूर्व निजी सचिव फवाद हसन फवाद, पूर्व संघीय मन्त्री अशन इक्बाल, पूर्व विदेश सचिव एजाज चौधरी र पूर्व गुप्तचर विभाग प्रमुख अफ्ताब सुल्तान विरुद्ध पनि मुद्दा चलाउन लागिएको डन पत्रिकाले लेखेको छ । 

सेवा निवृत्त न्यायाधीश जाभेद इक्बालको अध्यक्षतामा बसेको विभागको बिहीबारको बोर्ड बैठकले ११ जना विरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । 

उनीहरुमाथि विदेशी अतिथिको सवारीमा प्रयोग गर्ने गरी खरिद गरिएका ७३ ओटा सवारी साधन खरिदमा अनियमितता गरेको आरोप छ । तर ती सवारी साधन व्यक्तिगत प्रयोगमा लगाएका र करिब १९ करोड ५२ लाख पाकिस्तानी रुपैयाँ अनियमितता गरेको बोर्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का