२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको राजधानी नयाँदिल्लीको वायु झन झन प्रदुषित

८ कार्तिक २०७७, शनिबार १३:०५

कात्तिक ८, काठमाडौँ (रासस/पिटिआई) | भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ ।  शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३४६ देखिएकाले गुणस्तरको अवस्था न्युन हुदै गएको पाइएको हो । 

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् । वायु प्रदुषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ बृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन् । यसअघि गत शुक्रबार ३६६ र बिहीबार ३०२ एक्युआई मापन गरिएको थियो । 

वायु गुणस्तर सूचक शुन्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

हरियाना, पन्जाबसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगो सम्वन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाई छ । नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का