२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा कोरोनाका कारण एकैदिन ३६७ को मृत्यु

२०७७, १२ कार्तिक बुधबार ०३:५६

कात्तिक १२, लन्डन । बेलायतमा कोरोनाको संक्रमण दिनहुँजसो बढ्दै गएको छ । संक्रमण बढेसँगै मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदैछ ।

मंगलबार सार्वजनिक तथ्यांक अनुसार  २४ घन्टामा बेलायतमा कोरोना संक्रमंबाट मृत्यु हुनेको संख्या तीन सय ६७ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत पाँच महिना अर्थात  मे पछिकै  सबैभन्दा  धेरै हो ।  योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल  संख्या ४५ हजार ३६५ पुगेको छ ।

तर कोरोना संक्रमणबाट मृत्यु हुनेमा दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या झन्डै ५१ हजार रहेको छ । शुरुमा कोरोना संक्रमित कुनै पनि व्यक्तिको  मृत्यु भएमा कोरोना संक्रमितको रुपमा दर्ता गरिने भएकाले यो संख्या बढी हुन गएको हो ।  तर पछि संक्रमित भएको २८ दिनभित्र मृत्यु भएमा मात्र कोरोनाको मृतक घोषित गर्न थालिएको हो ।  त्यसबेला बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब पाँच हजार घटेको थियो ।

यसैगरी २४ घन्टाभित्र थप २२ हजार ८८५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । दुई लाख ६१ हजार भन्दा बढी परीक्षण गरिएकोमा झन्डै २३ हजार संक्रमित फेला परेका हुन् । बेलायतमा कुल संक्रमितको संख्या  १० लाखको हाराहारीमा पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार १५२ जना संक्रमितहरु अस्पताल भर्ना भएका छन् । हाल ८५२ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ । अहिले बेलायतका हस्पिटलमा ९ हजार १९९ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित