२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमणको कहर: फ्रान्समा देशभर लकडाउन

२०७७, १३ कार्तिक बिहीबार ०१:११

कात्तिक १३, काठमाडौँ | कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर दोस्रोपटक लकडाउन लागु गरेको छ । यो लकडाउन पूरै नोभेम्बर महिनासम्म रहने बताइएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबारबाट लकडाउन लागु हुने जानकारी दिए । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन ।

स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने छन् । रेष्टुरेन्ट्स, बार जस्ता व्यवसाय बन्द रहने छन् ।

फ्रान्समा कोरोना संक्रमणका कारण हुने मृत्युको आँकडा अप्रिल महिनापछि सबैभन्दा उच्चस्तरमा पुगेको छ । मंगलबार मात्रै ३३ हजार नयाँ संक्रमित फेला परेका थिए ।

राष्ट्रपति म्याक्रोले देशमा कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगिसकेको बताउँदै यो पहिलेको भन्दा पनि खतरनाक हुनेमा कुनै शंका नरहेको बताए ।

धेरै युरोपेली देशहरुमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा बढ्दै गएको छ । धेरै देशहरुले रात्रिकालीन कर्फ्युको सामना गरिरहेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोले महामारीलाई तुरुन्त रोक्नका लागि कठोर बन्नुपर्ने बताए । सम्बोधनको क्रममा म्याक्रोले फ्रान्सका अस्पतालका सबै आईसीयू बेड बिरामीले भरिएको जानकारी दिए ।

यसअघि मार्च महिनामा पनि फ्रान्समा लकडाउन गरिएको थियो । राष्ट्रपति म्याक्रोले भनेका छन्, ‘मार्च महिनामा गरिएको सुरुवाती लकडाउनमा जस्तै घर बाहिर जाने अनुमतिका लागि अब एक फाराम भर्नुपर्ने छ । सामाजिक भेटघाटमा प्रतिबन्ध रहने छ । वसन्त ऋतुजस्तै केबल काममा जानका लागि, मेडिकल अपोइन्टमेन्टका लागि, आफन्तको मद्दतको लागि, अत्यावश्यक सामग्री खरिदका लागि वा बाहिरको ताजा हावा खानको लागि मात्र घरबाट निस्किन पाइने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त