2026-06-28 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर ४ करोड ५० लाख कोरोना सङ्क्रमित, यी हुन् संक्रमित बढी भेटिएका देशहरु

कात्तिक १४, न्युयोर्क (रासस/एएनआई)। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् । 

कोरोनाका कारण विश्वभरी अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ । सङ्क्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौँमा फ्रान्स रहेका छन् । 

अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७६७ जना सङ्क्रमित भएका छन् भने दुई लाख ३४ हजार १७७ को मृत्यु भएको छ ।  त्यसैगरी भारतमा ८० लाख ८८ हजार ८५१ जना सङ्क्रमित हुँदा एक लाख २१ हजार १३१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । 

तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना सङ्क्रमित र एक लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार ९७६ जना सङ्क्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७६९ जना सङ्क्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ । 

कोरोनाभाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको संख्या तीन करोड ३० लाख १८ हजार ६९७ रहेको छ । त्यसैगरी अहिलेपनि सङ्क्रमित अवस्थामै रहेका कुल एक करोड ११ लाख ७६ हजार ४२५ मध्ये एक करोड दश लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी