२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्की, ग्रिस र अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा सत्रको मृत्यु, उद्धार जारी

२०७७, १५ कार्तिक शनिबार १०:४३

कात्तिक १५ अंकरा (रासस/एएनआई)। टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।  

टर्कीको इज्मीर शहरमा ७ म्याग्निच्युडको भूकम्प गएको र अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा ७०९ जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । 

भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । राष्ट्रपति रेसेप टयीप एर्डोगानले टेलिभिजन मार्फत् सम्वोधन गर्दै खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले त्रसित नहुन, सुरक्षा र सतर्कता अप्नाउन पनि सवैलाई आग्रह गर्नुभएको थियो । 


स्थानीय अधिकारीहरूका अनुसार दर्जनौ घरहरु भत्केको विवरणहरु आएको र अरु विवरण पनि आउने क्रममै रहेको उहाँले जानकारी दिनुभयो । अधिकारीहरुले अरु धेरै मानिसहरू पुरिएको हुनसक्ने आशामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् ।

अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्नीच्युडको भूकम्पको धक्का धेरै टाढा ग्रिसको राजधानी एथेन्स र टर्कीको राजधानी इस्तानबुलमा समेत महसुस गरिएको थियो ।टर्कीमा बेला बेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।


टर्की र ग्रिस दुवै देशमा भूकम्प गएपछि टर्कीका राष्ट्रपति एर्डोगान र ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले टेलिफोनमा कुराकानी पनि गर्नुभएको छ ।  उहाँहरुका बीचमा क्षतीको अवस्था, व्यवस्थापनका उपाय, सहकार्यलगायतका विषयमा केन्द्रीत रहेर कुराकानी भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

यसैबीच, अफगानिस्तानमा पनि ४.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी काबुलको उत्तरपूर्वी क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको अधिकारीहरुले जनाएका छन् ।अफगानिस्तानमा आएको भूकम्पको कुनै मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु