२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त

१५ कार्तिक २०७७, शनिबार १०:४६

कात्तिक १५, न्युयोर्क (रासस/एएनआई) । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले टर्कीमा भूकम्पबाट भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पश्चिमी टर्कीमा आएको भूकम्पबाट भएको नागरिकको मृत्यु तथा भौतिक क्षतिको समाचारले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन गुटर्रेसले प्रकाशन गरेको विज्ञप्तिमा सो भूकम्पले पश्चिमी टर्कीमा भएको क्षतिले महासचिव गुटर्रेसलाई निकै नै दुःख लागेको बताउनुभएको जानकारी गराइएको छ । 

शनिबार बिहान पश्चिमी टर्की र ग्रिक टापूमा बढी प्रभाावित गर्ने गरी आएको भूकम्पले ठूलो क्षति पुर्याएको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार उक्त भूकम्पबाट अहिलेसम्म कम्तीमा पनि १७ जनाको ज्यान गइसकेको छ । त्यस्तै सो भूकम्पमा परी करिब ७६३ जना घाइते भएका छन् । 

घाइतेमध्ये अधिकांशको अवस्था पनि गम्भीर रहेको बताइएको छ । उद्धारमा अटेका अधिकारीहरुले यस भूकम्पमा परी भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का