२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्जेरियामा नयाँ संविधानका लागि मतदान, विपक्षीको बहिस्कार

१७ कार्तिक २०७७, सोमबार ०९:०४

कात्तिक १७, अल्जियर्स (रासस/एपी)। अल्जेरियामा संशोधिन संविधानलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार जनमतसंग्रह सम्पन्न भएको छ । तर संविधान संशोधन सम्बन्धी प्रस्तावले जनचाहनालाई सम्बोधन गर्न असफल रहेको भन्दै विपक्षीले बहिस्कार गरेका छन् । 

संविधान संशोधन पक्षधरहरुले राष्ट्रपतिको कार्यकाल सीमित गर्ने, नयाँ स्वतन्त्रताहरु प्रदान गर्ने तथा लोकतन्त्र पक्षधरहरुका मागलाई सम्बोधन गर्ने विश्वास लिएका छन् । 

चुनावमा निकै सानो संख्यामा मानिसले मतदान गरेका छन् । विपक्षीहरुले संविधान संशोधनका सन्दर्भमा प्रचार प्रसार गर्न, टेलिभिजन वा रेडियोमा बहस गर्न नदिएको तथा सभा स्थलहरुमा मानिसलाई जमघट हुन नदिइएको आरोप लगाएका छन् । 

जनमत संग्रहको नतिजा सोमबार घोषणा गरिने छ । निर्वाचन आयोगका अनुसार यस जनमत संग्रहमा कूल मतदातामध्ये २३.७ प्रतिशतले मात्र मतदान गरेका थिए । आयोगका अध्यक्ष मोहमद चार्फीले कोरोनाभाइरसको त्रासका कारण पनि मतदान कम भएको बताउनुभयो । 

जनमत संग्रहलाई बैधानिक ठहर्याउन यति मतदान हुनैपर्छ भन्ने कुनै बाध्यकारी व्यवस्था अल्जेरियामा छैन । संविधान संशोधनको पछिल्लो प्रस्तावमा अल्जेरियाली सैनिकलाई राष्ट्रसंघ वा अफ्रिकी युनियनका शान्ति मिसनमा खटाउन सकिने प्रावधान समेटिएको छ । अल्जेरियामा सेनाको भूमिका सधैं प्रमुख रहँदै आएको छ । सैनिक प्रमुख जनरल सइद बेन्ग्रिहले संविधान संशोधनको पक्षमा देशव्यापी प्रचार गर्नु भएको थियो ।

गत डिसेम्बरमा निर्वाचित राष्ट्रपतिले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । संशोधित प्रावधान अनुसार राष्ट्रपति र संसदका सदस्यहरुको पदावधि दुई कार्यकाल भन्दा बढी नहुने तथा राष्ट्रपतिका कतिपय अधिकार प्रधानमन्त्रीलाई दिने राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर