३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय योग शिक्षकको सुचीमा नेपालीको नाम

१७ कार्तिक २०७७, सोमबार १३:३६

कात्तिक १७, काठमाडौँ | नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समुह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सुचीमा दर्ता गरेको छ ।

योगी आचार्य राजन शर्मालाई ‘मास्टर योग टिचर’ को उपाधि दिँदै अलायन्सले आफ्नो वेबसाईटमा उहाँको विवरण सार्वजनिक गरेको हो । दुई हजार ५०० घण्टा भन्दा बढी योग प्रशिक्षण अनुभव हासिल गरेको वा  योग, ध्यान, प्राकृतिक उपचारको क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका वा योग विधामा शोध, अनुसन्धान र  लामो उपलब्धि ग्रहण गरेका योगगुरु, स्वामी तथा विशेषज्ञलाई यो उपाधि दिने अलायन्सको प्रावधान छ । 

हालसम्म विश्वभर २९ जना अन्तर्राष्ट्रिय योग गुरुलाई यो शीर्षकमा दर्ता गरेको  ‘योग अलायन्स वल्र्ड’ले जनाएको छ । यस अघि यो क्षेत्रमा योगदान दिने नेपाली योगीलाई अन्य शीर्षकमा मात्र दर्ता गरिएको थियो । 

नेपाल, भारत र अष्ट्रेलियाका शिक्षालय र गुरुकुलबाट  योग शिक्षा तथा  प्राकृतिक उपचार सम्बन्धी अध्ययन र अनुसन्धान गर्नुभएका भीमसेन सापकोटाको अध्यात्मिक नाम योगी आचार्य राजन शर्मा हो । उहाँले योगमा तीनवटा विश्व कीर्तिमान कायम गरेको आलायन्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मनु भएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा  उडिरहेको  विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो  कीर्तिमान राख्नुभएको थियो । 

विश्वका ४२ देशका ८२ स्थानमा ‘द आर्ट अफ ह्याप्पिनेस’ नामको उत्प्रेरणा शिविर मार्फत् विश्वलाई योगमया बनाउंने कार्यमा संलग्न शर्मालाई फिजी               सरकारले नेपाल–फिजी सांस्कृतिक राजदूत र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्व सद्भावना दूतको रुपमा समेत नियुक्त गरेको छ । महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवद्र्धन गर्दै आउंनुभएका उहाँ विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुनुहुन्छ ।   लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुनुहुन्छ । नेपाललाई योग गुरु देश बनाउंने अभियानमा लाग्नुभएका उहाँको दैनिक अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण कक्षामा हाल विश्वभरबाट  ६०० जनाको निरन्तर सहभागिता रहँदै आएको तालिमको साझेदार संस्था मानव सेवा अश्रमले जनाएको छ ।  

योगको उद्गम भूमि नेपाललाई योग र तपस्याको विश्वकै गन्तव्य र गुरु बनाउंने आफ्नो अभियान रहेको उहाँ बताउंनुहुन्छ । अष्ट्रेलियामा अध्यापन तथा  योग प्रवद्र्धन गरिरहनुभएका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता