६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा बाइडेन जित नजिक, अब ६ भोट मात्र चाहिने

२० कार्तिक २०७७, बिहीबार १५:०९

कात्तिक २०, वासिङ्टन (रासस/एपी/एएनआई) | अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बन्नु भएका जो बाइडेन जितको नजिक पुग्नु भएको छ । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उहाँले निलो पर्खाल बनाउनु भएको छ भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लैजानु भएको छ । 

कुल ५३८ इलोक्टोरल मत मध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । वाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिसक्नु भएको छ भने बाँकी ६ मत उहाँले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्नुहुने देखिएको छ । 

पूर्व उपराष्ट्रपति बाइडेनसँग प्रतिश्पर्धामा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल मत मात्रै प्राप्त गर्नुभएको छ । उहाँ धेरै पछाडि रहेकोले उहाँले जित्ने संभावना न्युन देखिएको छ । उहाँ दुई ठाउँमा मात्रै अगाडि देखिनु भएको छ । 

आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिनुभएको छ । अमेरिकाका कुल ५० राज्य मध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको हो । 

अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिनु भएकोले समेत उहाँको जितको संभावना बढी देखिएको हो । अहिले मतगणना भइरहेका मध्ये पेन्सील्भानीया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा वाइडेन अगाडि देखिनु भएको छ । 

वाइडेनले अहिलेसम्म सात करोड दश लाख मत ल्याइसक्नु भएको छ । यो मत राष्ट्रपतिको उम्मेदबारले पाएको अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नेपालको समयानुसार मंगलबार बेलुकादेखि शुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधबार विहानदेखि मतगणना शुरु भएको थियो । 

त्यसैगरी हुलाक दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । ती सवै मत गणना भएपछि मात्रै अन्तिम नजिता घोषणा गरिने छ । 

अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फतलाखौ मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलोक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको छ । 

अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश