२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?

२० कार्तिक २०७७, बिहीबार १५:२५

कात्तिक २०, वासिङटन (एपी/रासस) | कोरोना भाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ । उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ ।

“यदी तपाई यात्रामा हुनुहुन्छ भने होटलमा बस्नु पर्ने बाध्यता हुनसक्छ,” केन्द्रले भनेको छ ।  त्यसैगरी संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्नुहुन्छ भने पनि घरमै बस्नु भन्दा होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ ।    

तर आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरुले बताएका छन् । सँगसगै खाने, सँगसगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरु सवैभन्दा असुरक्षित हुने उनीहरुको भनाई छ ।


होटलमै बस्नु परेमा वा भाडाका ठाउँहरुमा बस्नु परेमा कम्तीमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरुले सुझाव दिएका छन् । त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपायहरु गर्न क्यालिफोर्निया विश्वविद्यालयका सङ्क्रमण विज्ञ डा नतास्चा टुज्नीकले जोड दिनुभयो । 

उहाँले धेरै छोइने तथा प्रयोग हुने ढोका, झ्याललगायतका ठाउँमा सावुन पानी वा अन्य सावुनजन्य पदार्थले सफा गर्न वा कोठामा हावा खेल्ने बनाउन पनि सुझाव दिनुभएको छ ।  भाडामा बसिएका कोठामा पनि होटलका कोठा भन्दा धेरै सफा, सुरक्षित र हावा धेरे खेल्ने हुन सक्ने पनि उहाँको भनाई छ । 

होटलमा बस्दा सवै सुरक्षाका उपायहरु के कत्तिको अवलम्बन गरिएको छ, सरसफाइको प्रक्रिया के छ, सामाजिक दुरी कायम गरिएको छ की छैन, साझा ठाउँ तथा सामग्रीहरुको प्रयोग भएको छ की छैन जस्ता विषयमा पनि ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल