२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?

२०७७, २० कार्तिक बिहीबार १५:२५

कात्तिक २०, वासिङटन (एपी/रासस) | कोरोना भाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ । उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ ।

“यदी तपाई यात्रामा हुनुहुन्छ भने होटलमा बस्नु पर्ने बाध्यता हुनसक्छ,” केन्द्रले भनेको छ ।  त्यसैगरी संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्नुहुन्छ भने पनि घरमै बस्नु भन्दा होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ ।    

तर आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरुले बताएका छन् । सँगसगै खाने, सँगसगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरु सवैभन्दा असुरक्षित हुने उनीहरुको भनाई छ ।


होटलमै बस्नु परेमा वा भाडाका ठाउँहरुमा बस्नु परेमा कम्तीमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरुले सुझाव दिएका छन् । त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपायहरु गर्न क्यालिफोर्निया विश्वविद्यालयका सङ्क्रमण विज्ञ डा नतास्चा टुज्नीकले जोड दिनुभयो । 

उहाँले धेरै छोइने तथा प्रयोग हुने ढोका, झ्याललगायतका ठाउँमा सावुन पानी वा अन्य सावुनजन्य पदार्थले सफा गर्न वा कोठामा हावा खेल्ने बनाउन पनि सुझाव दिनुभएको छ ।  भाडामा बसिएका कोठामा पनि होटलका कोठा भन्दा धेरै सफा, सुरक्षित र हावा धेरे खेल्ने हुन सक्ने पनि उहाँको भनाई छ । 

होटलमा बस्दा सवै सुरक्षाका उपायहरु के कत्तिको अवलम्बन गरिएको छ, सरसफाइको प्रक्रिया के छ, सामाजिक दुरी कायम गरिएको छ की छैन, साझा ठाउँ तथा सामग्रीहरुको प्रयोग भएको छ की छैन जस्ता विषयमा पनि ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित