२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा सङ्क्रमितको नयाँ रेकर्ड

२३ कार्तिक २०७७, आईतवार १६:०८

कात्तिक २३, इस्लामावाद (रासस/एएनआई) | पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरसको महामारीका क्रममा सङ्क्रमितको सङ्ख्या अत्यधिक बृद्धि हुदै गएको छ । 

सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिबार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार मात्रै पाकिस्तानमा एक हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । 

पाकिस्तानको राष्ट्रिय कमाण्ड तथा अप्रेसन सेन्टरले दिएको जानकारी अनुसार शनिबार एक हजार ५४३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

पाकस्तिानमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १७ हजार ५२० रहेको अधिकारीहरुले जनाएका छन् । 

मास्क नलगाई बाहिर हिड्नेलाई एक सय रुपैया जरिवाना तिराउने र एक हजार जनासम्म सहभागी भएर बैबाहिक कार्यक्रम गर्न पाइने व्यवस्था सरकारले गरेपछि आलोचना भइरहेका बेला सङ्क्रमितहरु बढ्दै गएको विवरण सार्वजनिक भएको हो । 

सरकारले गत शुक्रबार मात्रै मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना तिराउने र भेटेकै ठाउँमा तीन ओटा मास्क उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैगरी हरेक सरकारी तथा निजी कार्यालयले ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै कार्यालयमा बोलाउन पाउने व्यवस्था पनि सरकारले गरेको थियो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. जाभेद अर्कामले मास्क लगाउनु पर्ने नियमको उलङ्घन भइरहेको र मास्क नलगाउनेलाई एक सय रुपैँया जरिवाना तिराउने नियम ठट्टा जस्तो मात्रै भइरहेको टिप्पणी गर्नुभयो । 

उहाँले नियम उल्लङ्घन गर्नेलाई कम्तीमा दश हजार जरिवाना तिराउनु पर्ने उहाँको सुझाव थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल