२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्ततः साउदी अरबले मौनता तोड्यो

२०७७, २४ कार्तिक सोमबार ०२:५१

कात्तिक २४, काठमाडौँ | साउदी अरबका राजा सलमान बिन अब्दुलाजीज अल सउद र उनका छोरा युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गरेकोमा जो बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका छन् ।

चुनावमा बाइडेनको जीतको खबर सार्वजनिक भएपछि थुप्रै अरब देशका राष्ट्राध्यक्षले बाइडेन र ह्यारिसलाई बधाई दिए तर साउदी अरब मौन रहेको थियो । साउदी अबरका युवराज मोहम्मद बिन सलमान डोनल्ड ट्रम्पसँग नजिक भएको मानिन्छ ।

ट्रम्प राष्ट्रपति भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा उनी साउदी अरब गएका थिए जहाँ उनको शानदार स्वागत भएको थियो । यसअघि साउदी अरबले पूर्व राष्ट्रपति बराक ओबामाको स्वागतका लागि यस्तो प्रकारको विशेष आयोजना गरेको थिएन । ओबामाको इरानप्रति नरम व्यवहार थियो ।

ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सन्धिसँग अलग्गिने निर्णय गरेका थिए । सन् २०१८ मा इस्तानबुलमा रहेको साउदी कन्सुलेटमा वासिङ्टन पोस्टका पत्रकार जमाल खग्गोजीको हत्याको मामिलामा उनले साउदी अरबको समर्थन गरेका थिए । खग्गोजीको मृत्युको विषयमा संसारभरीका देशमा साउदी अरबको निकै आलोचना भएको थियो ।

तर इजराइलसँग मध्यपूर्वका देशसँग सम्बन्ध उत्कृष्ट बनाउने ट्रम्पको योजनाम साउदी अरबको हिस्सा रहेन । ट्रम्पको यो योजना अनुसार अहिलेसम्म संयुक्त अरब इमिरेट्स, बहराइनले इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्ने कुरा गरेका छन् ।

जो बाइडेनको नेतृत्वमा साउदी अरबप्रति अमेरिकी सरकारको धारणा परिवर्तन हुन सक्ला । बाइडेनले पहिले नै साउदी अरबसँगको सम्बन्धमाथि पुनर्विचार गर्नेबारे बताइसकेका छन् ।

उनले खग्गोजीको हत्याको मामिलामा जिम्मेवारी निश्चित गर्ने र यमन लडाईंलाई समाप्त गर्नेबारे पनि कुरा गरिसकेका छन् । यमनमा भइरहेको लडाईंमा साउदी नेतृत्वको पनि महत्वपूर्ण भूमिका छ जसले त्यहाँ गठबन्धन सेनाको नेतृत्व गरिरहेको छ । – बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित