२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पले ह्वाइट हाउस छोड्न नमाने के गर्लान् बाइडेनले ?

२०७७, २५ कार्तिक मंगलवार ०३:०५

कात्तिक २५, एजेन्सी | अमेरिकाको २४४ वर्षको इतिहासमा अहिलेसम्म यस्ता कुनै पनि राष्ट्रपति छैनन् जसले चुनाव हारेपछि ह्वाइट हाउस छोड्न अस्विकार गरे ।

कानूनी र शान्तिपूर्ण तरिकाले सत्तामा परिवर्तन अमेरिकी लोकतन्त्रको खुबी हो । ट्रम्पले हार अस्विकार गरिरहनुले थुप्रै नयाँ चुनौती ल्याउन सक्छन् । अब जानकार यस्ता चुनौती निम्तिएको अवस्थामा कस्ता कदम उठाउन सकिन्छ भन्ने कुरामा विचार गरिरहेका छन् ।

‘चुनाव समाप्त नै भएको छैन’

जब नोभेम्बर ७ मा बाइडेनले जितेको खबर आयो तब ट्रम्प वासिङ्टन नजिकै गोल्फ खेलिरहेका थिए । 

खबर आएको केही बेरपछि नै उनका प्रतिनिधिको तर्फबाट एक बयान जारी गरियो – ‘चुनाव अहिले समाप्त भएको छैन ।’

बयानमा भनियो, ‘हामी सबैलाई थाहा छ कि जो बाइडेन आफूलाई बिजेताको रुपमा गलत तरिकाले पेश गर्ने हतारमा छन् । उनका मिडियाका सहयोगी उनको मद्दत किन गरिरहेका छन् ? उनीहरु वास्तविकता सार्वजनिक होस् भन्ने चाहँदैनन् ।’ उनले बाइडेनमाथि धोका दिएको आरोप पनि लगाए ।

जो बाइडेनले २७० भन्दा बढी इलेक्टोरल कलेज भोट जितेका छन् । तसर्थ उनलाई राष्ट्रपति बन्ने अधिकार छ । ट्रम्पसँग अब कानूनका निकै कम बाटो बचेका छन् ।

ट्रम्पले जति पनि आरोप लगाइरहेका छन्, तीसँग सम्बन्धित कुनै पनि प्रमाण पेश गर्न सकिरहेका छैनन् । यदि अदालतले उनलाई आफ्नो आरोप प्रमाणि गर्ने मौका दिएको खण्डमा केही सम्भावना बच्नेछ । तर यस्तो भएन भने जनवरी २० मा बाइडेन नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

सेनाको प्रयोग हुनसक्ला ?

११ जूनमा एक टिभी अन्तर्वार्तामा बाइडेनलाई सोधिएको थियो ‘यदि उनी ह्वाइट हाउसबाट निस्कन नमाने के होला ?’

यसको जवाफमा बाइडेनले भनेका थिए, ‘यसबारे मैले सोचेको छु ।’ उनले भनेका थिए, ‘मलाई विश्वास छ कि यदि यस्तो स्थिती पैदा भएको खण्डमा सेनाले अब उनी राष्ट्रपति नरहेको सुनिश्चित गर्दै उनलाई ह्वाइट हाउसबाट बाहिर निकालिनेछ ।’

यस्तो स्थितीमा सिक्रेट सर्भिको मद्दत लिन सकिने पनि बताइएको छ किनभने पूर्व राष्ट्रपतिलाई सुरक्षा दिन पनि उनीहरुकै जिम्मेवारी हो ।

बाइडेनको जीतको अनुमानलाई मध्यनजर गर्दै सिक्रेट सर्भिसले उनको सुरक्षा पहिले नै बढाइदिएको छ । बीबीसी मुन्डो सेवाले केही जानकारसँग कुरा गर्दै के कुनै राष्ट्रपति सुरक्षाबलमा आफ्ना विशेष मानिसहरुको मद्दतले कुनै अभूतपूर्व परिस्थिती खडा गर्न सक्ला त भन्ने बारे बुझ्ने कोसिस गरेको छ ।

अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका प्राध्यापक डकोटा रसेडिल भन्छन्, ‘कुनै राष्ट्रपतिले चुनाव हारेपछि आफ्नो शक्तिको गलत प्रयोग गर्नु निकै मुश्किल छ र यो बुझ्न अलि कठिन छ । ’

‘यदि यस्तो भएको खण्डमा यो देशका लागि, जनता र सेनाबीचको सम्बन्धका लागि, संसारको हिसाबले र लोकतन्त्रका लागि निकै नराम्रो हुनेछ ।’

ट्रम्पले यस्तो केही पनि नगर्ने उनको विश्वास छ । उनले अमेरिकी सेनाको सबैभन्दा ठूला अधिकारी जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्कलाई धेरैपटक भेटिसकेको र उनले चुनावमा सेनाको कुनै पनि भूमिका नहुने जानकारी दिएको बताएका छन् ।

केशा ब्लाइन पिट्सबर्ग विश्वविद्यालयकी प्राध्यापक हुन् र समाजिक विरोधका जानकारी हुन् । बीबीसीसँगको कुराकानीमा उनले भनिन्, ‘यो मामिलामा हाम्रो सेनाको भूमिकाबारे कुरा गर्नुले यो स्पष्ट पार्छ कि हाम्रो देशको स्थिती कति खराब छ ।’

उनी भन्छिन्, ‘चार वर्षअघि सम्म अमेरिकीले यसबारे सोच्दा पनि सोच्दैनथे । तर ट्रम्पले पोर्टल्याण्ड र वासिङ्टनमा फेडरल एजेन्ट्सलाई पठाए (दंगाको समयमा) पछि, यो एक चिन्ताको विषय हो । मलाई लाग्दैन कि यस्तो स्थिती पैदा हुनेछ तर यसको सम्भावनालाई अस्विकार भने गर्न सकिन्नँ ।’

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार जनरल मिलेले ट्रम्पलाई १८०७ इनसरेक्सन एक्टको प्रयोग नगर्नका लागि मनाएका थिए । यो एक्ट अनुसार देशभर हुने विरोध प्रदर्शनलाई दबाउनका लागि सेनाको प्रयोग गर्न सकिन्छ । यो एक सीमा हो जसलाई अमेरिकी सेनाका थुप्रै अधिकारीले राष्ट्रपतिको आदेश पछि पनि पार नगर्ने कुरा गर्दै आएका छन् ।

सेनाले अस्विकार गरेपछि ट्रम्पले नेशनल गार्डको मद्दत लिएका थिए । गृहमन्त्रालयको अधिनमा आउने गैर–सैन्य टुकडीको प्रयोग विरोध प्रदर्शन रोक्नका लागि गरिएको थियो ।

केही मानिसहरुले चुनावपछि पैदा हुने परिस्थितीसँग जुध्नका लागि पनि यी टुकडीको प्रयोग गर्नसक्ने अनुमान गरेका छन् । सेनाको साथ नभएकोले ट्रम्पले कुनै पनि प्रकारको अभूतपूर्व स्थिती पैदा गर्न विफल हुनेछन् ।

हिंसाको सम्भावना ?

रुडेसिललाई यस्तो परिस्थिती उत्पन्न हुने हो कि भन्ने डर छ ।

उनी भन्छन्, ‘मैले यसबारे पहिले नै लेखेको थिएँ कि ट्रम्प एक कार्यकारी आदेशको प्रयोग गर्ने कोसिस गर्नसक्छन् र आफ्ना राजनीतिक सहयोगीको नियन्त्रणमा रहेको डिपार्टमेन्ट अफ जस्टिसलाई कार्यकारी शाखा विवादास्पद चुनावमा उनलाई बिजेता मान्ने आदेश जारी गर्न निर्देशन दिन सक्छन् ।’

तर यससँगै उनी चेतावनी दिँदै भन्छन्, ‘तर यो पूर्ण रुपमा गलत हो र आदेश दिन लायक होइन ।’

‘सेनालाई २० जनवरीपछि अर्थात् कार्यकाल समाप्त भएपछि पनि राष्ट्रपतिलाई सलामी दिनुपर्ने आदेश दिँदा एक अचम्मको स्थिती पैदा हुनेछ ।’

‘आधा दुनियाँ अर्थात् संसारका थुप्रै मानिस यो सोच्न थाल्नेछन् कि गैर राजनीतिक सेनाले कुनै पक्ष लिएका छन् ।’

किशा ब्लेइनका अनुसार राष्ट्रपतिको नतिजा स्विकार नगर्नु कानून व्यवस्थासँग जोडिएको समस्या पैदा गर्न सक्छ ।

उनी भन्छिन्, ‘राष्ट्रपतिको भाषणले विरोध र हिंसाको सम्भावना बढाइदिएको छ ।’

अमेरिकामा हालका दिनमा ट्रम्पका समर्थन र उनको विरोधमा भएको प्रदर्शनले अन्दाज लगाउन सकिन्छ कि यदि मानिसहरु सडकमा उत्रिए स्थिती बिग्रन सक्छ ।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ