2026-06-28 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहार विधानसभाको चुनावः एनडिएलाई झिनो अग्रता

कात्तिक  २५, पटना (रासस/एएनआई)।  भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडिए) ले झिनो अग्रता लिएको छ । 

बिहारको कूल २४३ सदस्यीय विधानसभामा एनडिएले १२८ स्थानमा अग्रता बनाइरहेको छ जसमा भारतीय जनता पार्टीले ७४, जनता दल युनाइटेडले ४७, विकासशील इन्सान पार्टीले ६ तथा हिन्दुस्तानी अवाम मोर्चाले एक स्थानमा अग्रता बनाएका छन् । 

पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवका छोरा अध्यक्ष रहेको राष्ट्रिय जनता दलको अग्रसरतामा गठन भएको महागठबन्धनले कूल १०४ स्थानमा अग्रता बनाइरहेको छ । महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ६७, भारतीय राष्ट्रिय काँग्रेसले १९, बामपन्थी समूहले १९ स्थानमा अग्रता बनाएका छन् । 

बिहार निर्वाचन आयोगका प्रमुख एचआर श्रीनिवासले मंगलबार अबेर रातिसम्म मतगणना कार्य जारी रहने बताउनु भएको छ । बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोनाभाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यसपटक केही ढिलाई भएको आयोगले जनाएको छ । 

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यसपटक मतदान केन्द्रको संख्या ७२ हजार ७२३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाई भएको समाचार छ । 

यस चुनवामा तीन हजार ७५५ उम्मेदवार रहेका थिए । चुनाव आयोगले हाल ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ । बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी