२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहारमा तेजस्वीको पार्टी धेरै ठाउँमा विजयी, मुख्यमन्त्री भने नितिश कुमार नै बन्ने

२०७७, २६ कार्तिक बुधबार ०६:०९

कार्तिक २६, पटना (रासस/एएनआई) । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडियू) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए)ले नै बहुमत प्राप्त गरेको हो । यस गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कूल ११० सिट मात्रै हासिल गरेको छ ।

पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ले ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ । दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको भाजपा छ भने मुख्यमन्त्री नितिश कुमारको जेडियुले केबल ४३ सिट जितेको छ ।

निर्वाचनको नयाँ नतिजा अनुसार अहिलेका मुख्यमन्त्री नितिश कुमार नै फेरि मुख्यमन्त्री बन्ने देखिएको छ  । तर भाजपाको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिश कुमारलाई चुनौती र खतरा भने निकै धेरै रहेको छ । 

नितिश कुमारले आफू बिहारमा अन्तिम पटकका लागि मुख्यमन्त्री हुने यसअघि नै बताइसक्नु भएको छ । तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिश कुमार अब चौथो पटक मुख्यमन्त्री हुनुहुने भएको हो ।

नतिजा सार्वजनिक भएसँगै एनडीएका समर्थकहरुले विजय जुलुश निकालिसकेका छन् । उनीहरुले वर्तमान केन्द्रीय तथा राज्य सरकारको समर्थनको रुपमा अहिलेको नतिजालाई व्याख्या गरेका छन् । 

कुल २४३ सिट रहेको बिहार राज्यको विधान सभाका लागि कोरोनाभाइरसको महामारीका बीचमा तीन चरणमा निर्वाचन भएको हो । निर्वाचनमा मतदानका लागि एक लाख छ हजार ५१५ मतदान केन्द्र तोकिएको थियो भने झण्डै ७५ प्रतिशत मतदाताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना