२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त

२७ कार्तिक २०७७, बिहीबार ०९:२६

कात्तिक २७, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा यो सहित कूल मृत्यु हुनेको संख्या १ लाख २८ हजार १२१ पुगेको छ । 

कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६६ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ४ लाख ८९ हजार २९४ रहेको छ । विगत २४ घण्टामा ५ हजार ३६३ जना कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर १२ करोड २० लाखको हाराहारीमा कोरोनाको नमूना परीक्षण गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष वद्र्धनले भारतको कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारमा भारतको ठूलो जनसंख्यालाई ध्यानमा राखेर निकै सक्रियता र सचेतता अपनाइएको बताउनु भएको छ ।

उहाँले बुधबार महाराष्ट्र, उत्तराखण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र गोवाका मुख्यमन्त्रीहरु, स्वास्थ्य मन्त्रीहरु र प्रमुख सचिवहरुसँग कोरोना रोकथाम, उपचार र नियन्त्रणका बारेमा विचारविमर्श गर्नु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल