२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाइडेन एरिजोना राज्यमा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

२८ कार्तिक २०७७, शुक्रबार १०:२५

कात्तिक २८, वासिङटन (रासस/एएनआई) । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनु भएको छ । 

यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नु भएका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ । एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गर्नु भएको छ । 

अमेरिकामा कूल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गर्नु भएको निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलो पटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् । 

चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत विन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्नु भएको थियो । 

यसैबीच, बाइडेनले झिनो अग्रता बनाएर जित्नु भएका राज्यहरुमा पुनः मतगणना गर्न रिपब्लीकन पार्टीले देशव्यापी अभियान चलाएको छ । ट्रम्प अभियानले एरिजोना राज्यमा पनि मुद्दा दायर गरिसकेको छ । राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपामा बाइडेनका समर्थकहरुले जबर्जस्ती मतदानका लागि मानिसलाई उक्साएको रिपब्लीकन समर्थकले आरोप लगाएका छन् ।

हाल झिनो बहुमत प्राप्त गरी बाइडेन विजयी भइसकेका पेन्सिल्भेनिया र जोर्जिया राज्यमा हातले एकएक गरी पुनः मतगणना गर्न लागिएको छ । यी दुबै राज्यले मतगणनाको कार्य सम्पन्न नभएको जनाउँदै राष्ट्रपति–निर्वाचित बाइडेनलाई प्रमाणपत्र दिएका छैनन् ।

मतगणनाको कार्य पूरा नभएको र कानुनी लडाइँ बाँकी रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई समेत दिनु भएको छैन भने ह्वाइट हाउसमा अन्तरिम पहुँच दिन अस्वीकार गर्नु भएको छ । 

राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै हार स्वीकार्नु भएको छैन । राष्ट्रपति ट्रम्पले यसबीचमा रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुका साथै विदेश मन्त्री माइक पोम्पेओलाई विदेश भ्रमणको स्वीकृति दिनु भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ