२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवनमा ९ वर्ष मोबाइल हेरेर बित्दछ : अध्ययन

२९ कार्तिक २०७७, शनिबार १०:३४

कात्तिक २९, काठमाडौँ । मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल फोनको स्क्रिनमा हेरेर बिताउँछ होला ? हालैको एउटा अध्ययनले निकै रोचक तथ्य पत्ता लगाएको छ ।मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययन अनुसार अमेरिकीहरुले औषतमा आफ्नो जीवनकालमा झण्डै ९ वर्ष मोबाइल फोन चलाएर बिताउँदछन् ।

अध्ययन अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा जन्मिएका अमेरिकीहरुले मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउँदछन् । उक्त उमेर समूहका अमेरिकीहरुले दैनिक ३.७ घण्टा मोबाइल फोनमै बिताउने गरेको अध्ययनले देखाएको छ । जबकी १९४६ देखि १९६४ को बीचमा जन्मिएका अमेरिकीहरुले सबैभन्दा कम अर्थात् दैनिक औषतमा साढे २ घण्टा मोबाइल फोनमा बिताउँदछन्।

पछिल्लो समय कोरोना भाइरस महामारीका कारण धेरै मानिसहरु घरमै बस्न वा घरबाटै अनलाइनमा काम गर्न बाध्य बनिरहेको बेला मानिसहरुमा मोबाइल फोन तथा ल्यापटप लगायतका ग्याजेट चलाउने दरमा तीव्र बढोत्तरी भैरहेको छ । तर मानिसहरुमा प्रविधिको लत महामारीभन्दा अगाडिबाटै बसिसकेको थियो । खासगरी मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग बनेसँगै मानिसहरुमा फोनको लत समस्यको रुपमा खडा भएको शोधकर्ताको भनाई छ ।

वर्षौँदेखिका विभिन्न अध्ययन अनुसार अमेरिकीहरुमा समयक्रमसँगै फोनमा समय बिताउने दर बढिरहेको छ र फोनमा बिताउने समय घटाउनका लागि उनीहरु संघर्षरत छन् । तथापि स्क्रिनमा आँखा पूराउने समय अर्थात् स्क्रिन टाइम कटौतिका बाबजुत मानिसहरुमा मोबाइलको लतमा वास्तविक कमी नआएको पाइएको छ । स्मरण रहोस् प्रयोगकर्ताहरुलाई मोबाइलको स्क्रिनमा धेरै समय नबिताउनका लागि प्रेरित गर्न गुगल, एप्पल तथा फेसबुक लगायतका कम्पनीहरुले स्क्रिन टाइम मनिटर गर्ने टुल्स ल्याइसकेका छन् । (एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ