२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा, परीक्षणका लागि ६ देशका ३० हजार व्यक्तिलाई समावेश गरिने

१ मंसिर २०७७, सोमबार ०६:२७

मङ्सिर १, लन्डन (रासस/एपी)। फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । 

करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ । अध्ययनको नेतृत्व गरिरहनु भएका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताउनुभयो । उहाँले खोप परीक्षणका लागि विश्वभरका छ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिनुभयो ।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो । साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहनु भएका डा फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताउनुभयो ।  

फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिनुभयो । बेलायतमा जान्सेन सहित ६ वटा कम्पनीलाई कोभिड–१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ