२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अण्डकोष सुन्निने र दुख्ने पनि कोरोनाभाइरसको नयाँ लक्षण, टर्कीमा भेटिए बिरामी

४ मंसिर २०७७, बिहीबार ०७:०२

मंसिर ४, काठमाडौं । डाक्टरले अण्डकोषको दुखाई पनि कोभिड–१९ को लक्षण हुनसक्ने दाबी गरेका छन् । डाक्टरले यस्तो दाबी यसकारण गरे किनभने ४९ वर्षका एक व्यक्तिमा कोरोनाका अन्य कुनै लक्षण नदेखिए पनि भाइसको संक्रमण देखियो । 

टर्कीका नाम नखुलाईएका व्यक्तिले आफ्नो अण्डकोष सुन्निएको र दुखेको महसुस गरेपछि उनी अस्पतालमा उपचारका लागि गएका थिए । रुघा खोकी वा उच्च तापक्रमजस्ता कोरोनाभाइरसको कुनै पनि लक्षण उनलाई देखा परेको थिएन । 

यद्यपि, डाक्टरहरुले उनको स्वाब परीक्षण गर्ने निधो गरे किनभने उनी कोरोनाभाइरस संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका थिए । परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखियो तसर्थ डाक्टरले अण्डकोष दुखाई उनको पहिलो लक्षण हुनसक्ने आशंका गरे । उनको शरीरमा यौनरोगको पनि कुनै लक्षण देखिएको छैन ।

डाक्टरले मेडिकल जर्नलमा यसलाई ‘असाधारण केस’ बताएका छन् । यसले कोरोनाभाइरसले मानिसमा कस्ता–कस्ता प्रभाव पार्नसक्छन् भनेर देखाएको डाक्टरले बताएका छन् । 

कोभिड–१९ संक्रमण हुँदा कतिजनालाई अण्डकोषमा पीडा हुन्छ भनेर यकिन जानकारी नभएपनि चीनमा गरिएको एक सानो शोधमा यो समस्या साधारण भएको र प्रत्येक पाँचमध्ये एक संक्रमितमा यस्तो समस्या देखिने बताइएको छ ।

कोरोनाभाइरस शुक्रकिट उत्पादन गर्ने अण्डकोषसम्म पुग्नसक्ने  र यसले दीर्घकालीन क्षती  पुर्याउने हो कि भन्नेबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, यसको निकै कम प्रमाण भेटिएका छन् वीर्यबाट कोरोनाभाइरस सर्ने कुरा कुनै पनि शोधले पुष्टि गरिसकेको छैन । 

यो घटनाबारे युरोलोजी केस रिपोर्टस् नामको मेडिकल जर्नलमा प्रकाशित भएको हो । उक्त रिपोर्ट टर्कीको इस्तानबुलामा अवस्थित एसिबादेम मेहमेत अली एदिनलार युनिभर्सिटीका डाक्टरले तयार पारेका हुन् । 

डा. हाकाल ओज्भेरी र सहकर्मीले ती व्यक्तिमा देखिएको अण्डकोषको दुखाई ‘फर्स्ट क्लिनिकल साइन अफ कोभि–१९’ बताएका छन् । ती व्यक्ति क्लिनिकल्ली बिरामी नभएपनि उपचारका लागि अस्पताल भर्ना गरियो । उनलाई पाँच दिनको लागि हाइड्रोक्सिक्लोरोक्विन औषधी दिइयो । यसका साथै उनलाई एजिथ्रोमाइसिन र इमिपेनेम/सिलास्ट्याटिन नामको दुईवटा एन्टिबायोटिक दिइयो जसले ब्याक्टेरियाको संक्रमणलाई कम गर्न सहयोग गर्छ । उनलाई संक्रमणको कुनै लक्षण नदेखिएपनि डाक्टरले उक्त औषधी चलाए ।

उपचारको दोस्रो दिनमा ती व्यक्तिले अण्डकोष दुख्न कम भएको बताए । तर उनको शरीरबाट कोरोनाभाइरस निस्कन तीन हप्ता लाग्यो । उनी २४ दिनको अस्पताल बसाईपछि घर फर्किए । 

–डेली मेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता