२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अण्डकोष सुन्निने र दुख्ने पनि कोरोनाभाइरसको नयाँ लक्षण, टर्कीमा भेटिए बिरामी

२०७७, ४ मंसिर बिहीबार ०७:०२

मंसिर ४, काठमाडौं । डाक्टरले अण्डकोषको दुखाई पनि कोभिड–१९ को लक्षण हुनसक्ने दाबी गरेका छन् । डाक्टरले यस्तो दाबी यसकारण गरे किनभने ४९ वर्षका एक व्यक्तिमा कोरोनाका अन्य कुनै लक्षण नदेखिए पनि भाइसको संक्रमण देखियो । 

टर्कीका नाम नखुलाईएका व्यक्तिले आफ्नो अण्डकोष सुन्निएको र दुखेको महसुस गरेपछि उनी अस्पतालमा उपचारका लागि गएका थिए । रुघा खोकी वा उच्च तापक्रमजस्ता कोरोनाभाइरसको कुनै पनि लक्षण उनलाई देखा परेको थिएन । 

यद्यपि, डाक्टरहरुले उनको स्वाब परीक्षण गर्ने निधो गरे किनभने उनी कोरोनाभाइरस संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका थिए । परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखियो तसर्थ डाक्टरले अण्डकोष दुखाई उनको पहिलो लक्षण हुनसक्ने आशंका गरे । उनको शरीरमा यौनरोगको पनि कुनै लक्षण देखिएको छैन ।

डाक्टरले मेडिकल जर्नलमा यसलाई ‘असाधारण केस’ बताएका छन् । यसले कोरोनाभाइरसले मानिसमा कस्ता–कस्ता प्रभाव पार्नसक्छन् भनेर देखाएको डाक्टरले बताएका छन् । 

कोभिड–१९ संक्रमण हुँदा कतिजनालाई अण्डकोषमा पीडा हुन्छ भनेर यकिन जानकारी नभएपनि चीनमा गरिएको एक सानो शोधमा यो समस्या साधारण भएको र प्रत्येक पाँचमध्ये एक संक्रमितमा यस्तो समस्या देखिने बताइएको छ ।

कोरोनाभाइरस शुक्रकिट उत्पादन गर्ने अण्डकोषसम्म पुग्नसक्ने  र यसले दीर्घकालीन क्षती  पुर्याउने हो कि भन्नेबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, यसको निकै कम प्रमाण भेटिएका छन् वीर्यबाट कोरोनाभाइरस सर्ने कुरा कुनै पनि शोधले पुष्टि गरिसकेको छैन । 

यो घटनाबारे युरोलोजी केस रिपोर्टस् नामको मेडिकल जर्नलमा प्रकाशित भएको हो । उक्त रिपोर्ट टर्कीको इस्तानबुलामा अवस्थित एसिबादेम मेहमेत अली एदिनलार युनिभर्सिटीका डाक्टरले तयार पारेका हुन् । 

डा. हाकाल ओज्भेरी र सहकर्मीले ती व्यक्तिमा देखिएको अण्डकोषको दुखाई ‘फर्स्ट क्लिनिकल साइन अफ कोभि–१९’ बताएका छन् । ती व्यक्ति क्लिनिकल्ली बिरामी नभएपनि उपचारका लागि अस्पताल भर्ना गरियो । उनलाई पाँच दिनको लागि हाइड्रोक्सिक्लोरोक्विन औषधी दिइयो । यसका साथै उनलाई एजिथ्रोमाइसिन र इमिपेनेम/सिलास्ट्याटिन नामको दुईवटा एन्टिबायोटिक दिइयो जसले ब्याक्टेरियाको संक्रमणलाई कम गर्न सहयोग गर्छ । उनलाई संक्रमणको कुनै लक्षण नदेखिएपनि डाक्टरले उक्त औषधी चलाए ।

उपचारको दोस्रो दिनमा ती व्यक्तिले अण्डकोष दुख्न कम भएको बताए । तर उनको शरीरबाट कोरोनाभाइरस निस्कन तीन हप्ता लाग्यो । उनी २४ दिनको अस्पताल बसाईपछि घर फर्किए । 

–डेली मेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित