२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको मध्य क्षेत्रमा कोभिड–१९ का नयाँ बिरामी देखिएनन्

१० मंसिर २०७७, बुधबार ०८:१९

मङ्सिर १०, बेइजिङ (रासस/सिन्ह्वा) । चीनको मध्य क्षेत्रमा स्थानीय रुपमा प्रसारित कोरोनाभाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ । आयोगले दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा पाँच जना विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको उल्लेख थियो । 

स्थानीय व्यक्तिमा संक्रमण भएका एक शंकास्पद व्यक्ति भित्री मंगोलियामा देखिएको आयोगले जनाएको छ । कुनै पनि व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु नभएको पनि आयोगको भनाई छ । 

विदेशबाट आएका व्यक्तिहरुमध्ये शाङ्घाई, फुजियान, गुआङदोङ र शाङ्सीमा कोरोना पुष्टी भएको थियो । मंगलबारसम्ममा चीनको मध्य क्षेत्रमा कूल तीन हजार ८०९ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये तीन हजार ५२३ जना डिस्चार्ज भइसकेका छन् भने २८६ जना अस्पतालमा उपचार गराइरहेका छन् ।  आयोगका अनुसार विदेशबाट आएका संक्रमित कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । 

चीनको मध्य क्षेत्रमा हालसम्म ८६ हजार ४६९ व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका थिए भने कूल चार हजार ६३४ जनाको मृत्यु भएको थियो । अझै पनि ३०५ जना उपचारका क्रममा रहेका छन् जसमध्ये छ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ ।

“मेनल्यान्ड चाइना” भनेर चिनिने चीनको उहान समेत मध्य क्षेत्रमा कोरोनाले सबैभन्दा बढी असर पारेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ