२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्यमा जोड

१० मंसिर २०७७, बुधबार ०८:२३

मङ्सिर १०, टोकियो (रासस/एपी)। जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै भाइरसका कारण नराम्रोसँग प्रभावित दुबै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने बारेमा पनि दुबै देशबीच सहमति भएको छ ।  

जापान भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका जापानी समकक्षी तोसिमिचु मोटेगीले दुबै देशबीच व्यापारिक, व्यावसायिक यात्रा पुनः शुरु गर्ने निर्णय भएको छ । विश्वमा हाल चीन दोस्रो तथा जापान तेस्रो ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । 

जापान र चीनबीच यसै महिनाको अन्त्यदेखि व्यावसायिक यात्रा शुरु हुनेछ जहाँ व्यापारिक एवं व्यावसायिक व्यक्तिहरुका लागि १४ दिने क्वारेन्टाइनका नियम लागू हुने छैनन् । जापानले यस्तै नियम सिंगापुर, दक्षिण कोरिया र भियतनामका लागि लागू गरिसकेको छ । 

यद्यपी जापानमा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमणको दर केही बढेको देखिएको छ । सरकारले रोग नियन्त्रण र आर्थिक कृयाकलापलाई सँगसँगै लैजाने नीति अबलम्बन गरिरहेको छ । चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जापानका विदेशमन्त्री मोटेगीले भन्नुभयो, “नयाँ सहमतिहरुले जापान र चीनबीचको व्यावसायिक सम्बन्ध अघि बढाउन निकै योगदान गर्नेछ । जापान–चीनबीचको स्थायित्वले दुई देशबीच मात्र नभई यस क्षेत्रकै लागि यो उपयोगीसिद्ध हुनेछ ।”

कोरोनाभाइरस महामारी फैलनुअघि जापान भ्रमण गर्ने विदेशीहरुमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी थियो । दुई देशबीचको सम्बन्ध खासगरी भूमि विवाद र युद्धकालीन इतिहासलाई लिएर संकटमा पर्ने गरेको छ । तर पछिल्ला केही वर्षदेखि दुबै देशबीचको सम्बन्धमा व्यापक सुधार आएको छ । र चीन र संयुक्तराज्य अमेरिकाबीच व्यापार युद्ध शुरु भएपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधार आएको छ । 

अमेरिकाका एउटा प्रमुख मित्रराष्ट्रका रुपमा रहेको जापानले चीनलाई अहिले मुख्य व्यापारिक साझेदारका रुपमा लिन थालेको छ । जापानले चीन र अमेरिका दुबैसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुपर्ने कठिन चुनौती छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता