२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराईनमा पनि कोरोना विरुद्धको खोप सुरु गर्ने अनुमति

२०७७, २१ मंसिर आईतवार ०९:५६

मङ्सिर २१, काठमाडौं । (रासस/एपी) । कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फाइजर र यसैको जर्मन साझेदार बायोएनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो ।

बहराइनको राज्यद्धारा सञ्चालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ । यसअघि बुधबार बेलायतले यही खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिएको थियो ।

देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपताकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्विकृति दिएको हो । प्रयोगका लागि स्विकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिने छ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन ।

त्यसैगरी फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ ।झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ