२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमानीयामा आइतबार संसदीय निर्वाचन

२०७७, २१ मंसिर आईतवार १०:१०

मङ्सिर २१,  बुखारेस्ट (रासस/एएफपी)। पूर्वी युरोपेली मुलुक रोमानीयामा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारको प्रयासलाई लिएर आलोचना भइरहे पनि वर्तमान युरोपेली पक्षधर सरकारले नै विजय हासिल गर्ने अनुमान गरिएको छ । 

चुनावका लागि मतदान केन्द्रहरु बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म खुला रहने निर्वाचन आयोगले जनाएको छ । चुनावको पहिलो नतिजा अबेर रातिसम्ममा प्राप्त हुने अपेक्षा गरिएको छ । 

मतदान केन्द्रहरुमा कोरोनाभाइरसबाट सचेतता अपनाउन सामाजिक दूरी, मास्क लगाउने र हातधुने विधि अपनाइने आयोगले जनाएको छ ।

पछिल्ला केही समयदेखि राष्ट्रवादीहरु लोकप्रिय नारा दिएर चर्चामा रहेपनि उदारवादी प्रधानमन्त्री लुडोभिक ओर्बानले युरोपकै सबैभन्दा गरिब राष्ट्र रोमानीयालाई आधुनिक र युरोपेली मुलुककै मापदण्डमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

प्रधानमन्त्री ओर्बानले गत वर्षदेखि नै अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएको छ । आइमास इन्स्टिच्यूटले हालै प्रकाशन गरेको जनमत सर्वेक्षणमा ओर्बानको नेसनल लिबरल पार्टी (पिएनएल) ले २८ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरेको छ । विपक्षी सोसल डेमोक्रेटिक पार्टी (पिएसडी) ले २३ प्रतिशत मत प्राप्त गर्ने आइमासले प्रक्षेपण गरेको छ । 

हालै गठन भएको मध्य–दक्षिणपन्थी गठबन्धन युएसआर–प्लसले करिब १८ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ । रोमानीयाली राजनीतिमा पछिल्ला केही समयदेखि यस गठबन्धनले प्रभाव सिर्जना गर्न थालेको छ । 

आइमासले रोमानीयामा यसपटक ४० प्रतिशतभन्दा बढी मतदान नहुने प्रक्षेपण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह