२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ६६ लाख नाघ्यो

२२ मंसिर २०७७, सोमबार ०८:२२

मङ्सिर २२, ब्रासिलिया (रासस/सिन्ह्वा)। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण पछिल्लो समयमा झन धेरै बढ्दो मात्रामा देखिएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरुमा यहाँका संक्रमितहरु बढेसँगै यहाँका संक्रमितको संख्या पनि ६६ लाखभन्दा बढी पुगेको बताइएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकमा यहाँ संक्रमितहरुको संख्या ६६ लाख नाघेको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र २६ हजार ६६३ जना संक्रमित थपिएका छन् । 

यस अवधिमा यहाँका ३१३ जनाको मृत्यु पनि भएको छ । ब्राजिलमा हालसम्म भएका मृत्युहरुमा यसलाई धेरै जनाको मृत्युका रुपमा लिइएको छ । कोरोनाभाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ यस भाइरसबाट ज्यान जानेको संख्या १ लाख ७६ हजारभन्दा बढी पुगेको छ । सो मन्त्रालयले यहाँ कोरोना भाइरसको संक्रमणबाट १ लाख ७६ हजार ९४१ जनाको मृत्यु भइसकेको जनाएको छ । यहाँका ५८ लाख जना नागरिक भने निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ