२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

२२ मंसिर २०७७, सोमबार ०८:४४

मङ्सिर २२, काबुल (रासस/एएनआई) । अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । 

उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो । उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिाबानी लडाकू मारिएका बताइएको छ । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले आक्रमण गरेका थिए । उक्त आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा तालिबानी समूहका लडाकू मारिएका हुन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार ती लडाकूहरु मारिएका आइतबार जानकारी गराएको छ । कारबाहीको क्रममा सुरक्षाबलले युद्धविमान समेत प्रयोग गरेको जनाइएको छ । कारबाहीको क्रममा एक दर्जनभन्दा बढी लडाकू घाइते भएका जनाइएको छ । 

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबानविरुद्धको कारबाही भने जारी रहेको बताइएको छ । कान्दाहार प्रान्तको मारोफ जेराई भन्ने जिल्लामा पछिल्ला केही दिनहरुमा तालिबानहरुले हिंसात्मक क्रियाकलाप गरिरहेका छन् । 

सो सूचनाको आधारमा अफगान सुरक्षा फौजले सो कारबाही गरेको हो । उक्त जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ