मंसिर २५, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)को विश्वभर संक्रमितको संख्या ६ करोड ९२ हजार ६९ हजार ३ सय ४७ पुगेको छ | हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ लाख ७६ हजार ३ सय ८१ पुगेको ओल्ड मिटरले जनाएको छ |
४ करोड ८० लाख २० हजार ४ सय ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् | विश्वको सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिका रहेको छ | दोश्रो स्थानमा भारत र तेस्रो स्थानमा ब्राजिल सबैभन्दा बढी प्रभावित रहेका छन् |
गत डिसेम्बरमा चिनको हुवानबाट सुरुभएको कोरोनाभाइरस बिरुद्धको खोप निर्माणमा अमेरिका,बेलायत,चिन,भारतलगायतका देशहरु लागिरहेका छन् | गत हप्ता मात्र बेलायतले कोरोना बिरुद्धको खोप फाईजरलाई विश्वमै पहिलोपटक प्रयोग अनुमति दिएको थियो |