२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

२९ मंसिर २०७७, सोमबार ०८:१२

मंसिर २९, नयाँदिल्ली | भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ | पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट कूल १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३ लाख ५२ हजार ५८६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म ९३ लाख ८८ हजार व्यक्ति कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा ७५ हजार व्यक्तिमा सक्रिय संक्रमण छ र उनीहरु प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् |

 केरलामा पनि झण्डै ६० हजार तथा नयाँ दिल्लीमा १७ हजार व्यक्ति सक्रिय संक्रमित छन् | यसैबीच भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ४६ लाख नमूना परीक्षण गरेको जनाएको छ ।–एएनआई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ