2026-06-18 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण

मङ्सिर २९, लागोस (रासस/सिन्ह्वा)। नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ । 

यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको हो । सो राज्यका गभर्नर अमिनु मासारीले सो जानकारी दिनुभएको छ । उहाँले शुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण सो विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका बताउनुभएको हो । 

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत छन् । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने अनुमान गरिएको छ । ती बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गर्नुभएको छ । 

नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले कातसिना राज्य सरकारलाई सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । उता गभर्नर मासुरीले राज्यका सबै बोर्डिङ स्कुलहरु बन्द गर्न सबैलाई आग्रह गर्नुभएको छ । पछिल्लो समयमा विद्यालयमा असुरक्षा बढेको भन्दै अब विद्यालय नै बन्द गरेर खोजी कार्य जारी राखिने बताउनुभयो । 

नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् । तर यो पछिल्लो पटक भएको अपहरणको घटनाको बारेमा भने उनीहरुले केही बताएका छैनन् । सरकारले भने सो समूहले ती बालबालिका अपहरण गरेको हुनसक्ने जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु