२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

३० मंसिर २०७७, मंगलवार ०७:४६

मङ्सिर ३०, वासिङ्टन (रासस/एएनआई)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उहाँ पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुनु हुने भएको स्रोतले जनाएको छ । 

निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको दावी गरे पनि उहाँले भने अस्वीकार गर्दै आउनु भएको छ । उहाँले मत परिणामप्रति असन्तुष्टि जनाउँदै हुलाकबाट प्राप्त भएका मतहरु बदर गर्न विभिन्न अदालतमा मुद्दा दायर गर्नु भएको थियो । तर पर्याप्त आधार र वस्तुनिष्ठ प्रमाणको अभाव देखाउँदै उहाँका सबै मुद्दालाई राज्यस्तरका र सर्वोच्च अदालतले समेत अस्वीकार गरिसकेका छन् । 

अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र जनवरी २० तारिखका दिन पद हस्तान्तरण हुने व्यवस्था रहेको छ । 

सोही व्यवस्था अनुसार यस पटक भएको निर्वाचनमा बहालवाला राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याट तर्फका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । 

राष्ट्रपति कार्यालयका एक जना सल्लाहकारलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार जनवरी २० मा हुने पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने मनस्थितिमा पुग्नु भएको छ । उहाँले दोस्रो कार्यकालका लागि पनि आफूले नै जितेको तर धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै आउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता