२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

२०७७, ३० मंसिर मंगलवार ०७:४६

मङ्सिर ३०, वासिङ्टन (रासस/एएनआई)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उहाँ पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुनु हुने भएको स्रोतले जनाएको छ । 

निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको दावी गरे पनि उहाँले भने अस्वीकार गर्दै आउनु भएको छ । उहाँले मत परिणामप्रति असन्तुष्टि जनाउँदै हुलाकबाट प्राप्त भएका मतहरु बदर गर्न विभिन्न अदालतमा मुद्दा दायर गर्नु भएको थियो । तर पर्याप्त आधार र वस्तुनिष्ठ प्रमाणको अभाव देखाउँदै उहाँका सबै मुद्दालाई राज्यस्तरका र सर्वोच्च अदालतले समेत अस्वीकार गरिसकेका छन् । 

अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र जनवरी २० तारिखका दिन पद हस्तान्तरण हुने व्यवस्था रहेको छ । 

सोही व्यवस्था अनुसार यस पटक भएको निर्वाचनमा बहालवाला राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याट तर्फका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । 

राष्ट्रपति कार्यालयका एक जना सल्लाहकारलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार जनवरी २० मा हुने पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने मनस्थितिमा पुग्नु भएको छ । उहाँले दोस्रो कार्यकालका लागि पनि आफूले नै जितेको तर धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै आउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित