२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानको नयाँ कानुन : बलात्कारीलाई नपुंसक बनाउने

१ पुष २०७७, बुधबार ०५:२७

पुस १, एजेन्सी । पाकिस्तानले बलात्कारीलाइ नपुंसक बनाउने कानुन ल्याउने तयारी गरेको छ। घटनामा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसक बनाउन सकिने प्रावधान सहित उक्त कानुन ल्याइएको हो ।

मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले अध्यादेश जारी गरेका हुन् । अबको चार महिना भित्र पाकिस्तानका प्रधानमन्त्रीले उक्त कानुनलाई संसदबाट पास गरेपछि कानुन कार्यन्वयनमा आउनेछ। कानुनमा  बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ बताइएको छ । उक्त अदालतले चार महिनापछि आफ्नो फैसला सुनाउन सक्नेछ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारले यससम्बन्धी अध्यादेशलाई गत महिना स्वीकृति दिएको थियो । विश्वमा इन्डोनेशिया, पोल्यान्ड लगायतका देशले यस्ता कानुन बनाइसकेका छन् । सन् २००९ मा पोल्यान्ड र सन् २०१६ मा  इन्डोनेशियाले यस्ता कानुन बनाएका थिए ।

एक महिलाको राजमार्गमा सामुहिक बलात्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो ।ति महिला आफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी थिइन् । घटनाको दोश्रो दिन आफ्ना दुई सन्तानका अगाडि बलात्कृत भएकी महिला पनि दोषी भएको बयान लाहौरका शीर्ष प्रहरी अधिकारीले दिएका थिए।

उक्त घटना पछि पाकिस्तानभर बलात्कारका घटनामा कडा सजायको मागसहित कानुनको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ