२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलम्बियामा गोली हानी पत्रकारको हत्या

९ पुष २०७७, बिहीबार ०९:५०

पुस ९,बोगोटा । संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ । सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गोली हानिएको थियो ।  काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरुसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताएका न् । मेयर ओस्पिनाले हत्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गरेका छन् ।

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।  प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए । गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताएका थिए ।

कोलम्बीयाका लागि राष्ट्रसंघीय मानव अधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घटनाको निन्दा एवं भत्र्सना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन्। -एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ