२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला, बेलायत र दक्षिण अफ्रिकामा पाइएको भन्दा भिन्न

२०७७, १० पुष शुक्रबार ०५:१९

पुस १०, काठमाडौं । नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । उनले यसबारे थप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । 

दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रमक भएको पाइएको पछि यो आविष्कारले महामारी नियन्त्रणमा थप चुनौति थपिएको छ । बेलायत र दक्षिण अफ्रिकामा धेरै देशहरुले यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक छ,’ अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जोन एनकेंगगासोङले बिहीबार पत्रकारहरुसँग भने । उनले नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने जानकारी दिए ।

‘केही भन्नु अहिले नै चाँडो हुनेछ । हामीलाई केही समय दिनुहोस्,’ उनले भने । भाइरसको नयाँ प्रकार गत अगस्त ३ र अक्टोबर ९ मा नाइजेरियाको ओसुन राज्यमा संकलन गरिएको स्याम्पलमा दुई जनामा पाइएको एसोसिएटेड प्रेसले जनाएको छ ।

पी६८१एच नाम दिइएको भाइरसको उक्त नयाँ प्रकारले नाइरजेरियामा संक्रमणलाई तीव्र गतिमा फैलाएको हालसम्म नपाइएको बताइएको छ । यद्यपि, पछिल्लो हप्ता नाइजेरियामा ५२ प्रतिशतले संक्रमण बढेको छ भने दक्षिण अफ्रिकामा ४० प्रतिशतले यो वृद्धि भएको छ । अलजजिरा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह