२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला, बेलायत र दक्षिण अफ्रिकामा पाइएको भन्दा भिन्न

१० पुष २०७७, शुक्रबार ०५:१९

पुस १०, काठमाडौं । नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । उनले यसबारे थप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । 

दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रमक भएको पाइएको पछि यो आविष्कारले महामारी नियन्त्रणमा थप चुनौति थपिएको छ । बेलायत र दक्षिण अफ्रिकामा धेरै देशहरुले यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक छ,’ अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जोन एनकेंगगासोङले बिहीबार पत्रकारहरुसँग भने । उनले नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने जानकारी दिए ।

‘केही भन्नु अहिले नै चाँडो हुनेछ । हामीलाई केही समय दिनुहोस्,’ उनले भने । भाइरसको नयाँ प्रकार गत अगस्त ३ र अक्टोबर ९ मा नाइजेरियाको ओसुन राज्यमा संकलन गरिएको स्याम्पलमा दुई जनामा पाइएको एसोसिएटेड प्रेसले जनाएको छ ।

पी६८१एच नाम दिइएको भाइरसको उक्त नयाँ प्रकारले नाइरजेरियामा संक्रमणलाई तीव्र गतिमा फैलाएको हालसम्म नपाइएको बताइएको छ । यद्यपि, पछिल्लो हप्ता नाइजेरियामा ५२ प्रतिशतले संक्रमण बढेको छ भने दक्षिण अफ्रिकामा ४० प्रतिशतले यो वृद्धि भएको छ । अलजजिरा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ