२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली शान्ति सैनिकले बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाए

१० पुष २०७७, शुक्रबार ०७:३४

पुस १०, काठमाडौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जाबाट विफल बनाएको छ । उक्त सहरलाई विद्रोहीले नियन्त्रणमा लिएका थिए ।

विद्रोहीसंगको प्रतिकारमा नेपाली शान्ति सैनिकको एक गुल्म सो स्थानमा परिचालन गरियो। नेपाली सेनाको सैनिकको उक्त परिचालन पछि विद्रोही पछिहट्न बाध्य भएका हुन्। नेपाली शान्ति सैनिकको मद्दत पाएपछि सरकारी सेनाले पुनः उक्त शहर नियन्त्रणमा लिन सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा विद्रोहीको आक्रमणबाट जोगाएको हो । उक्त स्थानबाट सेनाले विद्रोही समूहबाट ठूलो संख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको छ ।

नेपाली सेनाका अनुसार,कारवाहीमा सहभागी नेपाली शान्ति सैनिक सबै जना सकुशल रहेका छन् । आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि द्वन्द्व शुरु भएको थियो ।

सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि निर्वाचन अनिश्चित बन्दै गएको छ । विद्रोही समूहले मुलुकको उत्तर, पश्चिम र दक्षिणी भूभागबाट आक्रमण शुरु गरी राजधानी बन्गुई प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ