२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको नयाँ प्रकार दक्षिण कोरियामा पनि भेटियो,विश्वका यी १३ देशमा फैलियो

१३ पुष २०७७, सोमबार ०९:४२

पुस १३, काठमाडौँ। विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको खोप प्रयोगमा आउने बितिक्कै उक्त भाइरसको नयाँ स्वरूप फेला परेको छ । सर्वप्रथम बेलायतमा देखापरेको भाइरसको नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि देखिएको छ ।

डिसेम्बर २२ मा लण्डनबाट आएका व्यक्तिमा उक्त भाइरसको संक्रमण देखिएको कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीले जनाएको छ । दक्षिण कोरियामा पछिल्लो समय २४१ बाट घटेर आइतबार ८०८ जना मात्रै कोरोना संक्रमण देखिएको छ।

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १० लाख ४ हजार ४ सय ४३ पुगेको जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक छ । बेलायत,दक्षिण कोरिया, दक्षिण अफ्रिकामा पनि उक्त भाइरसको संक्रमण फैलिसकेको छ ।

हाल अस्ट्रेलिया, डेनमार्क, क्यानडा, फ्रान्स, इटाली, जापान, जोर्डन, लेवनान, नेदलल्याण्ड्स, नाइजेरिया, सिंगापुर, स्पेन, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्वीडेन र बेलायतमा तिन प्रकारको नयाँ कोरोना संक्रमण देखिएको छ ।

सबैभन्दा पहिले डिसेम्बर १४ मा बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएको थियो । हाल विश्वका ४० भन्दा बढी देशहरुले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ