पुस १४, काठमाडौँ । साउदी अरबमा महिलाहरूले गाडी चलाउन पाउनुपर्ने अधिकारको वकालत गर्दै आएकी एक महिलालाई पाँच वर्ष आठ महिनाका लागि जेल सजाए सुनाइएको छ । बिबिसीका अनुसार,लुजैना अल–हथल्ललाई आतङ्कवादविरुद्धको अदालतले सजाय सुनाएको हो ।
उनीमाथि अदालतले देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको र राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन खोजे भन्दै दोषी ठहर गरेको छ । ३१ वर्षीया लुजैनालाई अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले पटक–पटक रिहा गर्न माग गर्दै आएका छन् ।
लुजैनाले भने अदालतको उक्त आरोप अस्विकार गरेकी छिन् । उनलाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ताअघि पक्राउ गरिएको थियो ।