२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पनि भेटियो कोरोना भाइरसको नयाँ प्रकार

१५ पुष २०७७, बुधबार ०७:४३

पुस १५, काठमाडौँ । कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि फेला परेको छ । अमेरिकाको कोलराडो राज्यमा पहिलोपटक उक्त भाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ प्रकारको कोरोना भाइरस भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन, फ्रान्स, बेलायतलगायत धेरै देशहरुमा पुष्टि भइसकेको छ । 

बेलायतमा पहिलोपटक कोरोनाको नयाँ प्रकार फेला परेको हो । नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको विज्ञहरुको भनाइ छ । तर थप घातक भने नभएको उनीहरुले बताएका छन् । पब्लिक हेल्थ इङ्ल्याण्डले गरेको अनुसन्धान अनुसार नयाँ प्रकारको भाइरस छिटो फैलिने भएपनि पुरानो भाइरसमा भएजस्तै गुणहरू भेटिएका छन् । 

नयाँ प्रकारको कोरोना संक्रमण भएका १ हजार ७ सय मानिसमा अध्ययन गर्दा नयाँ प्रकारको कोरोना भाइरसले पुरानोको जत्तिनै असर गर्ने देखिएको नयाँ प्रकारका भाइरसको अनुसन्धानमा खटिएका वैज्ञानिकहरूले बताएका छन् । 

कोरोना भाइरसको नयाँ प्रकार देखिन थालेसंगै विभिन्न देशहरुले पुनः लकडाउन तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ