पस १५, काठमाडौँ । बेलायतले कोरोना बिरुद्धको खोप अक्सफोर्ड–एस्ट्राजेनेलाई प्रयोग अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको एस्ट्राजेनेलाई प्रयोग अनुमति दिएको हो |
बिबिसीका अनुसार बेलायतले भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकासँग दश करोड भ्याक्सिनको माग गरेको छ । उक्त खोप पाँच करोड मानिसलाई लगाउन पर्याप्त हुने बताइएको छ । अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिनलाई २०२० को सुरुवाती महिनामै बनाउन सुरु गरिएको थियो ।
पहिलोपटक यसको परीक्षण अप्रिलमा गरिएको थियो ।