२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोकियोमा कोभिडको तेस्रो लहर फैलिनबाट रोक्न स्वास्थ्य सङ्कटकाल लगाउन आग्रह

१८ पुष २०७७, शनिबार १२:००

पुस १८, जापान | टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गर्नुभएको छ ।  देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गर्नुभएको हो । 

गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गर्नुभएको हो । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राख्नुभएको थियो ।

जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त्रणमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिनुभएको छ ।

“टोकियो र तीन छिमेकी प्रान्तहरुमा भएको सङ्क्रमणपछि चिकित्सा प्रणालीको अवस्थालाई ध्यानमा राख्दै हामीले विभिन्न समूहले गरेको आन्दोलनलाई तुरुन्त र पूर्ण रूपले रोक्न आवश्यक भएको निश्कर्षमा पुगेका छौँ,” उहाँले भन्नुभयो ।

सङ्क्रमणका घटनामा वृद्धि जारी रहेमा आपतकालिन अवस्था आवश्यक पर्न सक्छ, सरकारले अवस्थालाई गम्भीर ठानेको र अनुरोधमा छलफल गर्ने बताउनुभएको थियो । 

बिहीबार टोकियोमा एक हजार ३०० भन्दा बढी थप सङ्क्रमित भएपछि र देशभर पनि सङ्क्रमण दर उच्च देखिएपछि स्वास्थ्य सङ्कटकालका लागि छलफल सुरु भएको हो । जापानमा अहिलेसम्म कूल दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित बनेका छन् भने तीन हजार ४६० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ