७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल उला घोषणा पत्र अरब एकताको सकारात्मक सन्देश, यस्तो छ सम्झौतापछिको प्रतिक्रिया

२२ पुष २०७७, बुधबार १०:२८

दिलीप शर्मा | पुस २२, काठमाडौँ | खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । कतार र कतारसँग निकट रही विभिन्न समूहले इरानको हितमा काम गरेको भन्दै सन् २०१७ को जुन महिनामा कतारमाथि लगाइएको प्रतिबन्धलाई मङ्गलबार भएको सम्झौताले अन्त्य गरेको छ ।

साउदी अरबको उत्तर–पश्चिमी क्षेत्रमा रहेको प्राकृतिक तथा ऐतिहासिक महत्वको क्षेत्रको तटीय अल–उला सहरमा खाडी मुलुकका नेताहरूको उपस्थितिमा भएको शिखर सम्मेलनले साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारीलाई अन्त्य गरेको हो । यसले कतारलाई आर्थिक भार परेको थियो भने सामाजिक बहिस्कारको नीतिले कतारलाई एक्लिएको मनोवैज्ञानिक प्रभाव परेको थियो । यद्यपि आर्थिक रूपमा सम्पन्न कतारले यसलाई प्रकट भने गरेको थिएन । नाकाबन्दी पश्चात पनि कतारका अमिर तमिम बिन अल थानीले आफ्ना नागरिकको पूर्ण विश्वास जित्न सफल हुनुभएको थियो ।  सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी ‘आतङ्कवादी’ समूहहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्ने गरेको छ । 

थानीले खाडी मुलुकको सहकार्यका लागि गठित संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) सम्मेलनमा सहभागिताका लागि साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदको निमन्त्रणालाई स्वीकार्दै साउदी भूमिमा पुग्दा राजा सलमानले गरेको हार्दिक स्वागतले नै खाडी मुलुकको तनावमा केही हल्कापन आउने छनक मिलेको थियो ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौता भएको मङ्गलबार बताउनुभएको हो । साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कतार अधिक निकट बनेको आरोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयले कतारलाई खाडीमा एक्लो बनाएको थियो यद्यपि गठबन्धनको आरोपलाई कतारले खण्डन गर्दै आएको थियो ।

“यी प्रयासहरूले हामीलाई अल उला घोषणापत्र जारीको सहमतिमा पुग्न मद्दत पु¥याएको छ । सम्मेलनमा हामी हाम्रो खाडी, अरब र इस्लामिक एकता र स्थिरताको पुष्टि गरेका छौँं,” सलमानले भन्नुभयो । उहाँले मध्यस्थताका लागि संयुक्त राज्य अमेरिका र कुवेतलाई धन्यवाद दिनुभएको छ । उहाँले थप्नुभयो, “आज हाम्रो क्षेत्रको प्रवर्धन र हाम्रो वरपर रहेका विशेष गरी इरानी शासनको आणविक र क्षेप्यास्त्र कार्यक्रमले ल्याएको खतरा र चुनौतिको सामना गर्न सहयोग पुगेको छ । तोडफोड र विनाश गर्ने योजनाहरूको सामना गर्न एकजुट हुनु आवश्यक छ ।” 

अल उला घोषणा पत्र नाम दिइएको दुई सहमति पत्रमा छ–सदस्यीय खाडी सहकार्य परिषद्का नेताले हस्ताक्षर गरेका छन् । छिमेकीहरू बीचको लामो दुश्मनीको बाबजुद साउदीले दोहासम्म आफ्नो सिमाना खोल्ने घोषणा सोमबार राति नै गरेपछि कडा गतिरोध अन्त्य हुनेमा विश्व समुदाय आशावादी बनेको थियो ।

कतार र खाडीमुलुकबीच तनावका घटना

अरबमा शीतयुद्धको अन्त्यपछि सन् १९९२ मा कतार र साउदी अरेबियाकोबीच झडप उनीहरूको भौगोलिक सीमालाई लिएर भएको थियो ।  जसमा दुबै पक्षका कैयाँै नागरिकको ज्यानसमेत गएको थियो ।  कतारस्थित टेलिभिज अल जजिराले साउदी अरेबियाको राजनीतिक तथा सामाजिक अवस्थाबारे नकारात्मक लेख तथा समाचारलाई प्रोत्साहन गरको विरोधमा रियादले सन् २००२ मा दोहाका लागि आफ्ना राजदूत फिर्ता बोलाएको थियो र उनीहरूलाई सन् २००८ सम्म फिर्ता पठाइएको थिएन । 

साउदी अरब, संयुक्त अरब इमिरेट्स, र बहराइनले मार्च २०१४ मा कतारले मुस्लिम ब्रदरहुडलगायत इस्लामी समूहहरूको समर्थन गरेको भन्दै कतारका लागि उनीहरूका राजदूतहरूलाई फिर्ता बोलाइएको थियो । युएई र साउदी अरबले राजनीतिक इस्लामी आन्दोलनलाई ‘आतंकवादी संगठन’को रूपमा सूचीबद्ध गरेको थियो । त्यस समयमा कतारले केही ब्रदरहुडका सदस्यहरूलाई आश्रय प्रदान गरेको र मुस्लिम ब्रदरहुडका आध्यात्मिक नेता शेख यूसुफ अल–करादावीलाई नागरिकता प्रदान गरेको तथ्यको विरोध गरेका थिए । त्यस समय कतारले जीसीसीको अध्यक्षता लिएको थियो र कतारी अमिरले जीसीसी सदस्यहरूलाई दोहामा वार्षिक शिखर सम्मेलनमा आमन्त्रित गरी छलफल गरेपछि समस्या समाधान भएको थियो । वार्ताको केही दिन पछि साउदी अरेब, संयुक्त अरब इमिरेट्स र बहराइनले आफ्ना राजदूतहरू फिर्ता गर्न तयार बनेका थिए । कतारसँगको सम्बन्धमा वेखुशी देखिँदै आएका खाडी मुलुकहरूले कतारलाई १३ बुँदे शर्त राखेकोमा कतारले यसलाई वेवास्था गरेको भन्दै कतारमाथि नाकाबन्दीको घोषणा गरेका थिए । शर्तहरु इरान र आतङ्ककारी संगठनहरूसँगको सम्बन्धलाई रोक्ने, अल जजीरा र यससँग सम्बद्ध संगठनहरू बन्द गर्ने, कतारमा टर्की सेनाको उपस्थिति अन्त्य गर्ने, आतङ्कवादीलाई सुपुदर्गी गर्नेे, छिमेकीहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, आफ्नो नीतिले हुने क्षतिको लागि क्षतिपूर्ति दिने, अनुमति दिने यसका छिमेकीहरूले यसलाई अनुपालनका लागि अनुगमन गर्नेलगायत रहेका थिए । 

सम्झौतापछिको प्रतिक्रिया  

शिखर सम्मेलनपछि कतारका अमीर थानीले ट्वीट गर्नुभएको सन्देशमा भनिएको छ,“विवाद ठीक गर्न अल–उला शिखर सम्मेलनमा म हाम्रा दाजुभाइहरूसँगै भाग लिएँ, र हामी सबै यस क्षेत्रको राम्रो भविष्यको आशा गर्दछौं । उदार स्वागतका लागि साउदी अरबलाई म धन्यवाद दिन चाहन्छु साथै कुवेतको यस मूल्यवान् प्रयासको स्वागत गर्छु ।” 

साउदी राजकुमार मोहम्मद बिन सलमानले सम्झौताको उपलब्धीबारे चर्चा गर्दै यसको भावनालाई अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभएको छ । “आज हाम्रो क्षेत्रको प्रवद्र्धन र हाम्रो वरपर रहेका चुनौतिहरूको सामना गर्न हाम्रा प्रयासहरूलाई एकताबद्ध गर्न आज नितान्त आवश्यक छ,” उहाँले भन्नुभयो ।  

“सम्बन्ध पुनःस्थापनाले यस क्षेत्रका सबै राष्ट्रहरूको स्थायित्व र सुरक्षामा ठूलो योगदान पु¥याउँनेछ,” राजकुमार फरहानले भन्नुभयो । अरब लीगका महासचिव अहमद अउउल घीतले अल–उल्ला घोषणाको स्वागत गर्दै भन्नुभयोे, “अरब मुलुकहरुमा शान्त र सामान्य स्थिति ल्याउने कुनै प्रभावकारी उपाय सामूहिक अरब एकताको हितमा हुनेछ ।” उहाँले थप्नुभयो, “कुनै शंका छैन कि अरब विश्वले सामना गरिरहेका ठूला चुनौतिहरूले फाटोलाई यथाशीघ्र निको पार्ने र अरबी भाइहरूबिच सहमति जुटाउन आह्वान गरेको छ, अरबी सुरक्षाको खातिर कुनै पनि अरबी मतभेद सुल्झाउनु पर्छ, जुन हामी सबैले चाँडो नै समाधान गर्नु आवश्यक छ । यो सम्भव पनि छ ।”

युएईका प्रधानमन्त्री तथा उपराष्ट्रपति र दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले उक्त शिखर सम्मेलन सकारात्मक परिणामको मार्गनिर्देशक भएको बताउनुभयो । मकतूमले भन्नुभयो, “कुनै पनि सकारात्मक सोचले सबैलाई एकतामा राख्छ र भ्रातृत्वको स्थापना गर्दछ । परिवर्तन र चुनौतीहरूले हामीलाई खाडी शक्ति, एकता र सहयोगका साथै अरब क्षेत्रमा गहिरो सम्बन्ध स्थापना गर्दै स्थिरता कायम गर्न प्रेरित गरेको छ ।”

इजिप्टको विदेश मन्त्रालयले पनि सम्झौताको प्रशंसा गरेको छ । मन्त्रालयले भनेको छ, “इजिप्ट अरब क्षेत्रका चार छिमेकी, साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनले कतारसँग मेलमिलाप प्राप्त गर्न गरिएका हरेक निष्कपट प्रयासको कदर गर्दछ ।”

इरान, जोर्डन र टर्कीद्वारा पनि सम्झौताको प्रशंसा

इरानका परराष्ट्रमन्त्री मोहम्मद जावद जरीफले कतारलाई उक्त घोषणा पछि बधाइ दिनुभएको छ । “कतारलाई दबाब र जबरजस्ती प्रतिरोधको बहादुरीको सफलताको लागि बधाई छ,“ उहाँले ट्विटरमा उल्लेख गर्नुभएको छ । “हाम्रा अन्य अरब छिमेकीहरूका लागिः ईरान न त दुश्मन हो न त खतरा नै । क्षेत्रीय सुरक्षाका लागि हाम्रो प्रस्तावले पनि ढिलोचाँडो महत्व पाउनेछ ।

जोर्डनका उप प्रधानमन्त्री र विदेश मामिलामन्त्री अयमान सफाडीले सम्झौतालाई ठूलो उपलब्धि भन्नुभएको छ,  “जीसीसी अन्तर्गतका मुलुकहरूको शिखर सम्मेलनको अन्तिम कुराकानी यस क्षेत्रको समस्यालाई निको पार्नु, खाडी सङ्कट अन्त्य गर्नु र भाइचाराको सम्बन्धलाई आफ्नो सामान्य मार्गमा पुनः स्थापित गर्नु एउटा ठूलो उपलब्धि हो ।” उहाँले भन्नुभयो, “परिणामले अरब खाडी क्षेत्रमा एकता र स्थिरता बढाउने छ, जनताको विकास र समृद्धिको अभिलाषाको सेवा गर्नेछ र अरब एकतालाई सुदृढ बनाउनेछ ।”

टर्कीको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै कदमलाई स्वागत गरेको छ । “खाडी विवाद समाधान गर्न साझा इच्छाशक्ति अभिव्यक्ति र कतारसँग कूटनीतिक सम्बन्धको बहालीको घोषणा स्वागतयोग्य अग्रगामी विकास हो ।”

“हामी आशा गर्दछौं कि शिखर सम्मेलनको अन्तमा हस्ताक्षर गरिएको अल उला घोषणाले द्वन्द्वको अन्तिम समाधानका लागि नेतृत्व गर्नेछ । खाडी मुलुकहरुबीच आपसी विश्वासको बहालीसँगै टर्की जीसीसीसँग संस्थागत सहयोग अगाडि बढाउन तयार छ ।” टर्की जीसीसीको रणनीतिक साझेदार हो ।-रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार