२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा कोभिडबाट थप सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी

२०७७, २५ पुष शनिबार १५:४०

पुस २५, काठमाडौँ | जापानमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या सात हजार १०९ पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीले शनिबार बताएका छन् । 

जापानमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ८१ हजार ९९२ पुगेको छ भने चार हजार २० कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार अहिले गम्भीर अवस्थामा रहेका कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या ८२७ रहेको छ । उनीहरूलाई सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखी सेवा प्रदान गरिराखिएको छ । 

महामारीको केन्द्र मानिएको राजधानी टोकियोमा शनिबार दुई लाख २६८ थप सङ्क्रमित रहेको पुष्टि गरिएको छ । एकै दिनमा राजधानीमा दुई हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो । 

राजधानी टोकियोमा मात्र सङ्क्रमित हुनेको सङ्ख्या ७३ हजार ४५० पुगेको छ ।  

जापानको खास गरी शहरी क्षेत्रमा सङ्क्रमण दर निरन्तर वृद्धि भएपछि प्रधानमन्त्री योशिहिडे सुगाले गत बिहिबारदेखि टोकियो, कानागावा र चाइबा क्षेत्रमा स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित