२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

२०७७, २ माघ शुक्रबार ०८:२३

माघ २, विलमिङटन।(रासस/एएफपी)। अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी अर्थतन्त्रलाई माथि उकास्न १९ खर्ब अमेरिकी डलरको महत्वाकाँक्षी राहत प्याकेज घोषणा गर्नु भएको छ । 

राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी बुधबार सपथ लिएसँगै उक्त राहत योजनालाई कार्यान्वयनमा ल्याउन पहल शुरु गर्नु हुनेछ । बाइडेनले अमेरिकाको छवि सुधार्न “नयाँ अध्याय” प्रारम्भ गर्न चाहेको बताउँदै आउनु भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषयमा अमेरिकी तल्लो सदनले बहुमतले प्रस्ताव पारित गरेसँगै अमेरिकी राजनीतिमा बाइडेनको प्रस्तावलाई ट्रम्पमाथिको महाभियोगले छायाँमा पारेको छ । 

आफ्नो गृहनगर विलमिङटनमा बोल्दै बाइडेनले “अमेरिकीहरुले चाँडै पुनरागमन गर्ने” विश्वास व्यक्त गर्नुभयो । “यो परिघटना रातारात सिर्जना भएको होइन । त्यसैले रातारात ठिक पनि हुने विषय होइन । र यसलाई सही मार्गमा ल्याउन हामी अलग्गिएर र विभाजित मुलुक भएर सम्भव पनि छैन ।” 

उहाँले अमेरिकी समाज र राष्ट्रलाई एकताको सूत्रमा बाँध्न र एक ठाउँमा ल्याउन हामी सबै अमेरिकी एकसाथ उभिनुको विकल्प छैन भन्नुभयो ।अमेरिकी संसदका दुबै सदनमा डेमोक्रेट पार्टीको झिनो बहुमत प्राप्त भएकाले तेस्रो ठूलो आर्थिक राहतको योजना ल्याउन बाइडेनलाई सहज हुनेछ । करिब २५ मिनेट लामो टेलिभिजन सम्बोधनमा बाइडेनले राष्ट्रपति ट्रम्प, उहाँमाथिको महाभियोग वा संसदमा भएको आक्रमणका बारेमा कतै उल्लेख गर्नु भएन । बरु उहाँले कोरोना महामारीबाट सिर्जित दुईवटा संकट र त्यसबाट अर्थतन्त्रमा परेका संकटका बारेमा लामो चर्चा गर्नुभयो । 

संयुक्तराज्य अमेरिकामा कोभिड–१९ महामारीले अझ बढी सताउन थालेको छ भने खोप लगाउने अभियानमा पनि बाधा अड्चन देखापरिरहेका छन् । अमेरिकी उद्धार योजना नाम दिइएको बाइडेनको आर्थिक प्याकेजमा विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्रलाई पुनर्जीवन दिने लक्ष्य राखेर अनेक उपायहरु अघि सारिएका छन् ।

तीमध्ये न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्याउने महत्वाकाँक्षी योजना पनि समावेश छ । साथै संघर्षरत राज्यहरु र स्थानीय सरकारहरुलाई आर्थिक सहायता दिने, विद्यालयहरु सुरक्षित तवरले खोल्ने, कोभिड–१९ खोप लगाउने कार्यलाई व्यापक बनाउने, बेरोजगार भत्ता कार्यक्रमलाई थप गर्ने तथा गत महिना कङ्ग्रेसले पारित गरेको तर सिनेटले रोकेको प्रति परिवार २००० अमेरिकी डलर दिने योजनालाई स्वीकृति गर्ने रहेका छन् । 

सभामुख नान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक सुमरले बाइडेनद्वारा अगाडि सारिने प्रस्तावलाई जतिसक्दो चाँडो पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिन १०० मिलियन (१० करोड) लाई खोप दिने अभियान सार्वजनिक गरिसक्नु भएको छ । 

अमेरिकी संसदका दुबै सदनमा डेमोक्रेटको झिनो बहुमत रहेकाले पनि बाइडेनले मनोनयन गर्नु भएका प्रमुख पदहरुको सुनुवाई छिटो हुने अपेक्षा गरिएको छ । यही जनवरी १९ मा सिनेटको वित्तीय समितिले प्रस्तावित अर्थमन्त्री जानेट येलेनको सुनुवाई गर्दैछ । त्यस्तै अर्को साता राष्ट्रिय गुप्तचर निकायका निर्देशकमा मनोनित एभरिल हेन्सको सुनुवाई हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना