२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनमा फेरी देखिन थाले कोरोना संक्रमित ,पाँच दिनमा बनायो १ हजार ५०० आइसोलेसन सेन्टर

२०७७, ४ माघ आईतवार ०८:२९

माघ ४, काठमाडौँ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका बताइएको छ । 

एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु देखिन थालेकोले यसका लागि ती स्थानहरुमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो । चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीहरुले छ हजार ५०० वटा कोठा बनाउने योजना रहेको बताएका छन् ।

ती मध्येका १ हजार ५०० वटा कोठा गएको पाँच दिनमा नै निर्माण गरि सकिएको यहाँका स्थानीय अधिकारीहरुले जानकारी गराएका छन् ।आइसोलेसेन सेन्टरका रुपमा प्रयोग गर्ने भनिएका ती कोठाहरु प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको बताइएको छ ।

 ती सबै कोठाहरुमा सौचालय र बाथरुम, हिटर, बेड तथा टप बाथ समेत रहेका ती अधिकारीले जानकारी गराए । उनका अनुसार सो क्षेत्रमा नै वाइफाइको पनि व्यवस्था गरिएको छ । हेबेइ प्रान्तको सिनजियाङभन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएकोले उनीहरुको व्यवस्थापनका लागि यी आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । केही दिनयतादेखि चीनका कतिपय सहरहरुमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

सोही कारणले ती सहरका विभिन्न स्थानमा चीनका स्थानीय अधिकारीहरुले यस्ता आइसोलेसन सेन्टरहरु बनाउन थालेका पनि समाचारमा जनाइएको छ । चीनको नाङगोङ सहरमा ती आइसोलेसन सेन्टर निर्माणका लागि यहाँका स्थानीय एक आयोजनाका इन्जिनियर छु पेचिङले नेतृत्व गरेको बताइएको छ । 

उहाँले आफूले दुई सिफ्टमा गरी ३०० जना कामदारलाई लगाएर पााच दिनको बीचमा १ हजार ५०० वटा आइसोलेसन कोठाहरु निर्माण गरेको जानकारी दिए । उनले सो क्षेत्रमा मात्र ६ हजार ५०० वटा यस्तै कोठा बनाइने योजना रहेकोले अहिलेकै गतिमा सो कार्य पनि सकिने बताए । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह