२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेइजिङमा कोरोना संक्रमित बढ्दै गएपछि बाहिर ननिस्किन आग्रह

१५ माघ २०७७, बिहीबार ०७:४९

माघ १५, काठमाडौँ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन् ।

हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् । तर यहाँका स्वास्थ्य अधिकारीहरुले भने चीनमा दिन प्रति दिन कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन् । उनले पछिल्ला केही दिनहरुमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।

 कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ ।चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका संक्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ ।

चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु संक्रमितहरु भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो ।

। चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन् ।यहाँका स्थानीय नागरिकहरुबाटै ती  जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ