२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले लगाए कोरोना विरुद्धको खोप

१६ माघ २०७७, शुक्रबार ०८:३३

माघ १६, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै सो कुराको जानकारी गराएका छन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रुपमा उपलब्ध गराउन लागि सुनिश्चित गर्नुपर्ने बताए । 

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस भनी कामना गर्दछौँ" गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताए । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ । 

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरु पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ । 

उनले गत महिनामात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए । बृद्धबृद्धाहरुका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका हुन् ।-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ