२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने

२०७७, २४ माघ शनिबार १४:४८

माघ २४, अमेरिका (रासस/सिन्ह्वा) | संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ ।

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उहाँले यसलाई स्वीकार गर्नुभएको समाचारमा जनाइएको छ ।

सो सहयोग अन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने प्रयोजना लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने भएको छ ।

 यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाउने भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित